शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

तरकारी बेच्न परिचयपत्र अनिवार्य, बिहान ४ देखि ८ बजेसम्म बेच्न पाइने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख १३ २०८०
तरकारी बेच्न परिचयपत्र अनिवार्य, बिहान ४ देखि ८ बजेसम्म बेच्न पाइने
फाइल तस्बिर

किसानलाई परिचयपत्र वितरण गरिएसँगै बिहान ४ देखि ८ बजेसम्म तुलसीपुर बजारमा तरकारी बेच्न पाउने भएका छन्। तर परिचयपत्र नभएकालाई बिक्री वितरण गर्न दिइने छैन।

तुलसीपुर- तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्री वितरणका लागि परिचयपत्र अनिवार्य गरेको छ। स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो।

स्थानीय उत्पादन बिक्री वितरण गर्ने लक्ष्यअनुरुप यो कार्य अगाडि बढाइएको उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए।

'अहिले बजारमा भारतबाट आएको तरकारी र बाहिरबाट आएका व्यापारीको वर्चश्व रहने गरेको छ', उनले भने, 'त्यसले गर्दा स्थानीय उत्पादनले बजार पाउन सकेको छैन, यसलाई ध्यानमा राखि परिचयपत्र लागु गरेका हौँ।'

तुलसीपुरका १९ वटै वडाले सम्बन्धित वडाका किसानलाई सूचीकृत गर्न आह्वान गरेका छन्।

किसानलाई परिचयपत्र वितरण गरिएसँगै बिहान ४ देखि ८ बजेसम्म तुलसीपुर बजारमा तरकारी बेच्न पाउने भएका छन्। तर परिचयपत्र नभएकालाई बिक्री वितरण गर्न दिइने छैन।

कृषिजन्य वस्तुको बिक्री वितरणका लागि वडा नं १२ मा हाटबजारको व्यवस्था गर्न लागिएको छ। रासस


प्रकाशित : बुधबार, वैशाख १३ २०८००४:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend