बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आईएमईको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १२ २०८०
आईएमईको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं- आईएमई लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ।

आईएमईको मुख्य कार्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे।

आईएमईले आफ्नो १ अर्ब जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता आईपीओ सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो। आईएमईले २२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ।


प्रकाशित : मंगलबार, वैशाख १२ २०८०१३:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend