शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

झापाका किसानलाई ६ करोड राहत उपलब्ध गराउन सिफारिस

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १२ २०८०
झापाका किसानलाई ६ करोड राहत उपलब्ध गराउन सिफारिस

गत चैतको असिनासहितको वर्षाले झापाको कनकाई र विर्तामोडमा सबैभन्दा बढी क्षति पुर्‍याएको थियो।

भद्रपुर- झापाका किसानलाई राहत उपलब्ध गराउन सिफारिस गरिएको छ।

गत चैत १७ गते आएको असिनासहितको वर्षाले पाँच वटा पालिकाको एक हजार नौ हेक्टरमा लगाएको कृषिबाली (मकै र तरकारी) क्षति पुगेको थियो। त्यसैको स्थलगत अनुगमन गरी किसानलाई राहत उपलब्ध गराउन कृषि मन्त्रालयमा सिफारिस गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए।

क्षति भएको क्षेत्रफल र सम्बन्धित बालीको प्रतिकठ्ठा उत्पादन लगतको आधारमा ६ करोड ५१ लाख ९० हजार ६ सय १५ रूपैयाँ राहत उपलब्ध गराउन सिफारिस गरिएको हो।

असिनासहितको वर्षाले झापाको कनकाई र विर्तामोडमा सबैभन्दा बढी क्षति पुर्‍याएको थियो। कनकाई नगरपालिकाका सात वटा वडामा एक हजार नौसय दुई जना किसानले सात सय ३९ हेक्टरमा लगाएको मकै र तरकारी गरी चार करोड ४६ लाख ६३ हजार ५६ रूपैयाँ बराबरको क्षति भएको छ।

त्यस्तै, विर्तामोड नगरपालिकाको चार वटा वडामा ६ सय ७९ जना किसानले दुईसय ९४ हेक्टरमा लगाएको मकै र तरकारी गरी एक करोड ५४ लाख ८८ हजार आठसय ४४ रुपैयाँ बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ।

हल्दिबारी गाउँपालिकाको एक वटा वडाका ४० जना किसानको १५ हेक्टर, भद्रपुर नगरपालिकाको एक वटा वडाका दुई जना किसानको १२ हेक्टर र शिवसताक्षी नगरपालिकाकाको दुई वटा वडामा ९४ जना किसानले ५० हेक्टरमा लगाएको मकै तथा तरकारी बालीमा क्षति पुर्‍याएको कार्यालयले जनाएको छ।

उत्पादन लागतको आधारमा मकैको प्रतिकठ्ठा दुई हजार १३ र तरकारीको पाँच हजार एकसय ३० रूपैयाँ निर्धारण गरी क्षति विवरण संकलन गरी राहतका लागि सिफारिस गरेर पठाइएको कार्यालय प्रमुख विष्टले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, वैशाख १२ २०८००९:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend