बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सिटिजन्सका कार्डबाहक ग्राहकलाई हेटौँडाको पल्पसा प्याराडाइजमा २० प्रतिशत छुट

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १२ २०८०
सिटिजन्सका कार्डबाहक ग्राहकलाई हेटौँडाको पल्पसा प्याराडाइजमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले पल्पसा प्याराडाइज होममा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। 

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मकवानपुरको हेटौँडास्थित पल्पसा प्याराडाइज होम प्रालिबीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ।

दुवै तर्फबाट समझदारीपत्रमा हस्ताक्षर भएसँगै सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले पल्पसा प्याराडाइज होममा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। 

यस्ता सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ। बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी 
गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ।


प्रकाशित : मंगलबार, वैशाख १२ २०८००८:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend