शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

ताल सुकेपछि जेनेरेटरबाट वन्यजन्तुका लागि पानी

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख ११ २०८०
images
images
ताल सुकेपछि जेनेरेटरबाट वन्यजन्तुका लागि पानी

पछिल्लो समय गत असोजयता पूर्वी नवलपरासी पानी परेको छैन। लामो समयसम्म पानी नपर्दा सामुदायिक वन क्षेत्रभित्र भएका तालतलैया तथा कृत्रिम पोखरीहरु सुक्दै गएपछि वन्यजन्तु समस्यामा परेका छन्।

images
images

कावासोती- लामो समयदेखि परेको खडेरीको कारणले वनभित्रका तालहरु सुख्खा भएपछि वन्यजन्तुका लागि पूर्वी नवलपरासीको एउटा सामुदायिक वनले जेनेरेटरको सहायताले तालमा पानी भर्न सुरु गरेको छ।

images
images
images

पूर्वी नवलपरासीको कावासोती-१३ मा रहेको नमुना मध्यवर्ती सामुदायिक वन क्षेत्रभित्र रहेको भुताहा ताल खडेरीका कारणले सुक्खा भएपछि वन्यजन्तुका लागि पिउने पानी र आहालको व्यवस्था गर्न सामुदायिक वनले आफ्नै खर्चमा तालमा जेनेरेटरको सहायताले पानी भर्न सुरु गरेको हो।

images
images

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने नमुना मध्यवर्ती सामुदायिक वन क्षेत्रभित्र रहेको भुताहा तालमा पानी हुँदा एकै समयमा दर्जन बढी एकसिंगे गैँडाहरु आहाल खेल्दै गरेको अवस्थामा भेटिने गरेका थिए। लामो समयदेखि परेको खडेरीका कारण ताल सुक्दा जंगल सफारीका क्रममा गैँडा हेर्न आउने पर्यटक त्यसै फर्किनु परेको उल्लेख गर्दै गत पाँच दिनदेखि सामुदायिक वनले तालमा पानी भर्न सुरु गरेको वनका अध्यक्ष खिलबहादुर गुरुङले बताए।

images
images
images

'पानी नभएर ताल सुक्खा भएपछि गैँडालगायत जनावर देखिन छोडेपछि पर्यटकहरु त्यसै फर्किन परेकाले वनभित्र रहेको करिब एक किलोमिटर लामो तालमा विगत पाँच दिनदेखि वन्यजन्तुका लागि पानी भर्न सुरु गरेका छौँ', अध्यक्ष गुरुङले भने।

नमुना मध्यवर्ती सामुदायिक वनको यो क्षेत्रमा पूर्वी नवलपरासीको अमलटारीबाट मध्यवर्ती क्षेत्रका वनमा जंगल सफारीका लागि आउने पर्यटकका लागि रोजाइको क्षेत्र भए पनि पछिल्लो समय खडेरीका कारणले ताल सुक्खा हुँदा उनीहरु गैँडा नदेखी फर्किने गरेका थियो।

तालमा पानी भर्न सुरु गरेपछि गैँडा लगायतका जनावरहरु पानी पिउन तथा आहालका लागि आउन सुरु गरेको जानकारी दिँदै अध्यक्ष गुरुङले पानी परेर मूल नफुट्दासम्म दैनिक पानी भर्ने बताउँछन्।

सामुदायिक वनमा गत वर्ष गाडेको बोरिङमा जेनेरेटर जोडेर पानी निकालेर ताल भर्ने काममा सामुदायिक वनका पदाधिकारी र स्थानीय पालो गरेर लागेका स्थानीयवासी जितेन्द्र सापकोटाले बताए। निकुञ्जसँग ताल भर्नका लागि सहयोग मागेर नपाएपछि वनले आफ्नै खर्चमा पानी भर्ने काम सुरु गरेको सापकोटा बताउँछन्।

पछिल्लो समय गत असोजयता पूर्वी नवलपरासी पानी परेको छैन। लामो समयसम्म पानी नपर्दा सामुदायिक वन क्षेत्रभित्र भएका तालतलैया तथा कृत्रिम पोखरीहरु सुक्दै गएपछि वन्यजन्तु समस्यामा परेका छन्। जंगलभित्र पानी पिउन नपाएपछि वन्यजन्तु बस्तीमा पस्ने गरेपछि स्थानीयवासी त्रसित भएका छन्। रासस 


प्रकाशित : सोमबार, वैशाख ११ २०८०१२:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend