शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

नागरिकका आवश्यकता केन्द्रित बजेट बनाउन कांग्रेसको जोड

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख ११ २०८०
images
images
नागरिकका आवश्यकता केन्द्रित बजेट बनाउन कांग्रेसको जोड

नेपाली कांग्रेसले नागरिकका आवश्यकता केन्द्रमा राखेर आगामी बजेट तर्जुमा गर्नमा जोड दिएको छ।

images
images

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकका आवश्यकतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्न सुझाव दिएका छन्।

images
images
images

कांग्रेस संसदीय दलको आज बसेको बैठकमा उनले मुलुकको विषम आर्थिक परिस्थितिमा आगामी बजेटमा समेट्नुपर्ने विषयका बारेमा पार्टीका तर्फबाट सुझाव दिन सांसदहरुलाई आग्रह गरेका थिए। नागरिकका आवश्यकता सम्बोधन हुने गरी आगामी बजेट निर्माण हुनुपर्ने उनको भनाइ थियो।

images
images

बैठकमा अर्थमन्त्री एवं पार्टीका नेता डा. प्रकाशशरण महतले विषम आर्थिक अवस्थालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएको राष्ट्रिय सभामा कांग्रेसका प्रमुख सचेतक अनिता देवकोटाले बताइन्। मन्त्री डा. महतले आगामी बजेटमा राख्नुपर्ने प्राथमिकताका बारेमा सांसदहरुको सुझावका लागि आग्रह गरेका थिए।

images
images
images

अर्थमन्त्रीले सांसदहरुले राखेको जिज्ञासाका बारेमा टिपोट गरेको र मंगलबारको बैठकमा जवाफ दिने बताइएको छ।

सांसदहरुले सुझाव दिने क्रम बाँकी रहेकाले कांग्रेस संसदीय दलको बैठक भोलि बिहान १०ः३० बजे पुनः बस्ने प्रमुख सचेतक देवकोटाले जानकारी दिइन्। रासस


प्रकाशित : सोमबार, वैशाख ११ २०८०१०:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend