बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनआईसी लघुवित्तको पाँचौँ वार्षिक साधारणसभा सकियो, २५ करोड ६५ लाख लाभांश वितरण गर्ने प्रस्ताव पारित

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख ११ २०८०
एनआईसी लघुवित्तको पाँचौँ वार्षिक साधारणसभा सकियो, २५ करोड ६५ लाख लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं- एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

बैशाख १० गते होटल गजुर, गंगालाल मार्ग, भोटेपुल, धरान उप-महानगरपालिका वडा नं. ८, सुनसरीमा सम्पन्न भएको हो।

उक्त सभाले विभिन्न एजेन्डासहित संस्थाको आव २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आव २०७८/७९ नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ।

सभाले संस्थाको सेयरधनीहरुलाई चुक्ता पुँजीको १४.७५ प्रतिशतका दरले २५ करोड ६५ लाख ६७ हजार चारसय नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।  

स्थापना भएको पाँच वर्ष पूरा गरेसँगै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको कम्पनीले जनाएको छ।


प्रकाशित : सोमबार, वैशाख ११ २०८००६:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend