शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

सिन्धुपाल्चोकका एकसय ९९ हेक्टर जंगल डढेलोले नष्ट

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख ११ २०८०
images
images
सिन्धुपाल्चोकका एकसय ९९ हेक्टर जंगल डढेलोले नष्ट
फाइल तस्बिर

डढेलोबाट महत्वपूर्ण जडीबुटी, वनयजन्तु र करोडौँका रुख बिरुवा नोक्सान भएका छन्।

images
images

चौतारा- सिन्धुपाल्चोकका एकसय ९९ हेक्टर जंगल डढेलोले नष्ट भएको छ। जिल्ला वन कार्यालयका अनुसार चौतारा साँगा चोकगढी नगरपालिकाको विभिन्न सामुदायिक वनको  जंगल डढेलोले सखाप पारेको हो।

images
images
images

त्यसैगरी चौतारा साँगा चोकगढी नगरपालिका र सुनकोसी गाउँपालिकाका जंगल डढेलाले नष्ट भएको डिभिजन वन कार्यालयबाट परिचालित हरित स्वयंसेवक समूहका संयोजक शारदाप्रसाद चालिसेले जानकारी दिए। उनका अनुसार मेलम्चीमा रहेको टारापाखा सामुदायिक वनको २६ हेकटर जंगल पनि डढेलोले सखाप भएको छ।

images
images

जिल्ला वन कार्यालयका सहायक वन अधिकृत कृष्णबहादुर थापाका अनुसार गर्मी मौसमसँगै डढेलो लाग्ने क्रम जारी रहेकाले यकिन तथ्यांक प्राप्त हुन सकेको छैन। यसबाट महत्वपूर्ण जडीबुटी, वनयजन्तु र करोडौँका रुख बिरुवा नोक्सान भएका छन्। बर्सेनि जंगलमा डढेलो कसले लगाउँछ भन्ने तथ्य भने नखुलेको उनले बताए।

images
images
images


प्रकाशित : सोमबार, वैशाख ११ २०८००६:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend