शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

‘राप्ती निर्माण अभियान’

images
सोमबार, वैशाख ११ २०८०
images
images
‘राप्ती निर्माण अभियान’

लुम्बिनी प्रदेशको राजधानी आफ्नै पालिकामा आएको अबस्थामा राजधानी सहर निर्माणदेखि सरसफाइ अभियान, सकारात्मक सोच तथा चिन्तन अभिवृद्धिका लागि यो अभियान सुरु गरिएको उनको भनाइ छ।

images
images

तुलसीपुर- दाङको राप्ती गाउँपालिकाले पालिका निर्माण अभियान सुरुआत गरेको छ। ‘राप्ती निर्माण अभियान’ नाम राखेर गतिविधि सुरु गरेको अध्यक्ष प्रकाश विष्टले बताए।  

images
images
images

लुम्बिनी प्रदेशको राजधानी आफ्नै पालिकामा आएको अबस्थामा राजधानी सहर निर्माणदेखि सरसफाइ अभियान, सकारात्मक सोच तथा चिन्तन अभिवृद्धिका लागि यो अभियान सुरु गरिएको उनको भनाइ छ। 'राजधानी पनि हाम्रै पालिकामा छ', उनले भने, 'त्यसैले पालिकालाई व्यवस्थित, सभ्य र संस्कार युक्त बनाउन यो अभियान चालिएको हो।'

images
images

पालिकाको नेतृत्वमा रहेको यो अभियानमा यस क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघ संस्था, स्थानीय निर्वाचनका उम्मेदवारलगायतलाई समेटेर समिति बनाएको समेत उनले बताए।  

images
images
images

सामाजिक अराजकता रोक्नका लागि सकारात्मक सोच, चिन्तन र व्यवहारको खाँचो रहेको उनको भनाइ छ। हरेक क्षेत्रको विकास पालिका मात्रैको सम्भव नहुने जनाउँदै सबैलाई साथमा लिएर अगाडि बढेकोसमेत उनले बताए।

पूर्वाधार विकास मात्रै नभइ चेतनास्तर वृद्धिका लागि पनि यो अभियानले भूमिका खेल्ने अध्यक्ष विष्टको भनाइ छ। रासस


प्रकाशित : सोमबार, वैशाख ११ २०८००४:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend