बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मध्यभोटेकोशीको आईपीओ बाँडफाँट, ८ लाख १९ हजारले पाए सेयर

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक १२ २०७८
मध्यभोटेकोशीको आईपीओ बाँडफाँट,  ८ लाख १९ हजारले पाए  सेयर

बाँकी ८१  लाख ९०  हजार  कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो। उक्त आव्हान २२ लाख ९४ हजार ४९६ आवेदन परेका थिए। ३  करोड १९ लाख ४१ हजार ७९० कित्ताका लागि आवेदन परेको थियो। 

काठमाडौं- मध्यभोटेकोसी हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। 

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाको माध्यमबाट आइपीओ बाँटफाँट गरेको हो। 

क्यापिटलका अनुसार ८ लाख १९ हजार जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। आवेदन दिएका १४ लाख ७५ हजार ४९६ जना भने खाली हात भएका छन्।  

असोज २०  देखि २५ सम्म सेयर बिक्री खुला गरेको यो कम्पनीले कूल ९० करोडको ९० लाख  कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमा ३ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख ५० हजार ५ सय कित्ता संस्थागत लगानीकर्ताका लागि छुट्याइएको थियो। 

बाँकी ८१  लाख ९०  हजार  कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो। उक्त आव्हान २२ लाख ९४ हजार ४९६ आवेदन परेका थिए। ३  करोड १९ लाख ४१ हजार ७९० कित्ताका लागि आवेदन परेको थियो। 

आइफ्नो आईपीओ परे नपरेको हेर्नका लागि यो वेबसाइटमा सिधै जान सकिने छ। 

प्रकाशित : शुक्रबार, कात्तिक १२ २०७८०४:१८
  • सम्बन्धित विषय:

  • # आईपीओ
  • # IPO
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend