शुक्रबार, माघ २५ गते २०८१    
शुक्रबार, माघ २५ २०८१
images
images

मध्यभोटेकोशीको आईपीओ बाँडफाँट, ८ लाख १९ हजारले पाए सेयर

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक १२ २०७८
images
images
मध्यभोटेकोशीको आईपीओ बाँडफाँट,  ८ लाख १९ हजारले पाए  सेयर

बाँकी ८१  लाख ९०  हजार  कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो। उक्त आव्हान २२ लाख ९४ हजार ४९६ आवेदन परेका थिए। ३  करोड १९ लाख ४१ हजार ७९० कित्ताका लागि आवेदन परेको थियो। 

images
images

काठमाडौं- मध्यभोटेकोसी हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। 

images
images
images

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाको माध्यमबाट आइपीओ बाँटफाँट गरेको हो। 

images
images

क्यापिटलका अनुसार ८ लाख १९ हजार जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। आवेदन दिएका १४ लाख ७५ हजार ४९६ जना भने खाली हात भएका छन्।  

images
images
images

असोज २०  देखि २५ सम्म सेयर बिक्री खुला गरेको यो कम्पनीले कूल ९० करोडको ९० लाख  कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमा ३ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख ५० हजार ५ सय कित्ता संस्थागत लगानीकर्ताका लागि छुट्याइएको थियो। 

बाँकी ८१  लाख ९०  हजार  कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो। उक्त आव्हान २२ लाख ९४ हजार ४९६ आवेदन परेका थिए। ३  करोड १९ लाख ४१ हजार ७९० कित्ताका लागि आवेदन परेको थियो। 

आइफ्नो आईपीओ परे नपरेको हेर्नका लागि यो वेबसाइटमा सिधै जान सकिने छ। 


प्रकाशित : शुक्रबार, कात्तिक १२ २०७८०४:१८
  • सम्बन्धित विषय:

  • # आईपीओ
  • # IPO
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend