शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

लाइसेन्स माग्दै धितोपत्र बोर्डमा पुग्यो हिमालयन स्टक एक्सचेन्ज

शंकर समूहको अगुवाइमा खुलेको कम्पनीमा ठूला घरानाको सहभागिता  

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख ८ २०८०
images
images
लाइसेन्स माग्दै धितोपत्र बोर्डमा पुग्यो  हिमालयन स्टक एक्सचेन्ज

हाल सरकारी स्वामित्वको एउटामात्र स्टक एक्सचेन्ज रहेको छ। सरकारी स्वामित्वको एउटामात्र भएकाले प्रतिस्पर्धी कम्पनी ल्याउने योजना यसअघि धेरैपटक अघि बढेका थिए। तर यसपालि भने लाइसेन्स दिने तयारिमा सरकार रहेको छ। 

images
images

काठमाडौं- नयाँ स्टक एक्सचेन्ज लाइसेन्स माग्दै एउटा कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएको छ। देशका प्रमुख व्यवसायीहरूको बाहुल्यता रहेको समूहले स्थापना गरिएको कम्पनी हिमालयन स्टक एक्सचेन्जले लाइसेन्स माग गर्दै बोर्डमा निवेदन दिएको हो। 

images
images
images

नयाँ स्टक एक्सचेन्ज कम्पनीलाई लाइसेन्स दिनका लागि अदालतले बाटो खुला गरिदिएपछि बोर्डले प्रक्रिया अघि बढाएको थियो। आउने आइतबारसम्मको समय दिएर खुला गरिएको आवेदनमा अहिले हिमालयलेमात्र दिएको हो। आइतबारसम्म अरु कम्पनीले पनि आवेदन दिनसक्नेछन्। 

images
images

हाल सरकारी स्वामित्वको एउटामात्र स्टक एक्सचेन्ज रहेको छ। सरकारी स्वामित्वको एउटामात्र भएकाले प्रतिस्पर्धी कम्पनी ल्याउने योजना यसअघि धेरैपटक अघि बढेका थिए। तर यसपालि भने लाइसेन्स दिने तयारिमा सरकार रहेको छ। 

images
images
images

हिमालयन स्टक एक्सचेन्ज ट्रेडिङ तथा उद्योगमा संलग्न दर्जन बढी व्यवसायीहरू रहेका छन्। शंकर समूहको अगुवाइमा खुलेको कम्पनीमा पशुपति मुरारका, शेखर गोल्छा, भवानी राणा, राजेन्द्र खेतान, अमित मोर, सौरभ ज्योति, जुनी गुरुङ, आशिष श्रेष्ठ लगायत छन्। पछिल्लो समय वित्तीय क्षेत्रमा लगानी विस्तार गर्दै आएका दीपक भट्टको पनि यसमा मुख्य हिस्सेदारी रहेको छ। 


प्रकाशित : शुक्रबार, वैशाख ८ २०८०१३:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend