शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

गाईपालक पौडेललाई सुप्रबल जनसेवाश्री तृतीय

शुक्रबार, वैशाख ८ २०८०
गाईपालक पौडेललाई सुप्रबल जनसेवाश्री तृतीय

काठमाडौं- लुम्बिनी एग्रो प्रोडक्ट एन्ड रिसर्च सेन्टरका सञ्चालक शशी पौडेललाई सरकारले सुप्रबल जनसेवाश्री तृतीय पदकबाट समानित गरेको छ। पौडेलले रुपन्देहीको तिलोत्तमामा ५ सयभन्दा बढी गाई पाल्दै आएका छन्। 

पौडेलले तिलोत्तमा नगरपालिको टिकुलीगढमा लुम्बिनी एग्रो प्रोडक्ट एण्ड रिसर्च सेन्टर नाम गरेको फार्ममा गाई पाल्दै आएका छन्। 

स्थायी शिक्षकको जागिर छोडेर एक दशक अगाडिदेखि गाई पाल्दै आएका पौडेल सम्मानित भएका हुन्। उनले सञ्चालन गरेको फार्ममा हाल १ अर्ब बराबरको लगानी छ।

पौडेले यसअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा जनसेवा श्री पदकबाट विभूषित भएका थिए भने पूर्वराष्ट्रपति रामवरण यादवको समयमा विकास रत्न विभुषणबाट विभूषित भएका थिए। 


प्रकाशित : शुक्रबार, वैशाख ८ २०८०११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend