शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

वर्तमान आर्थिक समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार सकारात्मक पाएका छौँ : अध्यक्ष ढकाल

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख ८ २०८०
images
images
वर्तमान आर्थिक समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार सकारात्मक पाएका छौँ : अध्यक्ष ढकाल
images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार सकारात्मक रहेको पाइएको बताएका छन्।

images
images
images

नुवाकोट उद्योग वाणिज्य संघको १८औँ वार्षिक साधारण सभामा उनले सरकार तथा निजी क्षेत्र दुवैको पहिलो प्राथमिकतामा वर्तमान आर्थिक समस्या रहेको र छिट्टै यसको समाधानको उपाय निस्कने बताए।

images
images

'मैले हालै सम्पन्न एफएनसीसीआईको ५७औँ वार्षिक साधारण सभामा अध्यक्षको रुपमा पदभार ग्रहण गर्दै गर्दा मेरो केही प्राथमिकताहरु उल्लेख गरेको थिएँ,' अध्यक्ष ढकालले भने, 'त्यसमध्ये वर्तमान आर्थिक समस्याका समाधान उच्च प्राथमिकतामा रहेको छ।' 

images
images
images

उनले यसबारे अर्थमन्त्रीसँग छलफल भइसकेको उनले बताए। 'यसबारेमा हाम्रो नयाँ कार्यसमितिले अर्थमन्त्रीज्यू, नेपाल राष्ट्र बैंकका गभर्नरज्यूलाई भेटेर यसको समाधानका उपाय बारेमा छलफल गरिसकेको छ। आज मात्रै पनि प्रधानमन्त्रीज्यूसँग यस बारेमा थप छलफल गर्ने कार्यक्रम तय भएको छ', उनले भने, 'अर्थमन्त्रीज्यू र गभर्नरज्यूले यसको समाधान गर्ने आश्वासन दिनुभएको छ। यसको समाधान छिट्टै हुने विश्वास हामीलाई छ।'

ढकालले नुवाकोट जिल्ला संघीय राजधानीदेखि नजिक रहेको बताउँदै यहाँ कृषि, पर्यटन र जलस्रोतलगायत धेरै क्षेत्रकोे सम्भावना रहेको बताए। 'तपाईँहरुले यहाँका सम्भावित परियोजनाहरु छनौट गर्नुहोस्। यहाँका पर्यटन, कृषि र जलविद्युत कुन कुन क्षेत्रमा लगानीको सम्भावना छ', उनले भने, 'म व्यक्तिगत रुपमा वा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको रुपमा यहाँहरुसँग सहकार्य गर्न तयार छु।'


प्रकाशित : शुक्रबार, वैशाख ८ २०८०११:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend