शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

पाँच हजार मिटर उचाइमा खानेपानीको सर्वेक्षण

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख ८ २०८०
images
images
पाँच हजार मिटर उचाइमा खानेपानीको सर्वेक्षण

पर्यटक आवागमनको क्रममा खानेपानी सुविधा सहज बनाउने उद्देश्यले पानीको मुहान सर्वेक्षण गरिएको हो।

images
images

मनाङ- हिमाली जिल्ला मनाङमा खानेपानीको मुहान सर्वेक्षण गरिएको छ। 

images
images
images

नासोँ गाउँपालिका ६ र ७ नम्बर वडाको तिल्चेअन्तर्गत मनास्लु पदमार्गका लार्के पास, लार्के फेदी, भिमथाङ क्षेत्रमा खानेपानीको व्यवस्थापन गर्ने उद्देश्यले सर्वेक्षण गरिएको हो।

images
images

उक्त पदमार्गअन्तर्गत पाँच हजार एकसय १६ मिटर उचाइ हुँदै लार्के फेदी चार हजार चारसय मिटर भिमथाङ उचाइमा खानेपानीको महान सर्वेक्षण गरिएको नासों गाउँपालिकाका प्राविधिक टोलीले जनाएको छ। यस क्षेत्रमा पर्यटक आवागमनको क्रममा खानेपानी सुविधा सहज बनाउने उद्देश्यले पानीको मुहान सर्वेक्षण गरिएको हो।

images
images
images

पालिकाका इन्जिनियर नवीन जोशी, प्रशासकीय अधिकृत गिमानसिंह मगर, सव-इन्जिनियर समीक्षा पौडेललगायतको टोलीले नासोँ गाउँपालिका-६ र ७ नम्बर वडाका विभिन्न स्थानमा सर्वेक्षणका लागि गएका थिए ।

प्रतिकूल मौसमका बाबजुद पनि पानीको मुहान सर्वेक्षण गरिएको गाउँपालिकाका इन्जिनियर नवीन जोशीले बताए। 'हिमपात, चिसो मौसममा पनि खानेपानीको व्यवस्थापन गर्ने उद्देश्यले पालिकाले यस पदमार्गअन्तर्गत पानीको मुहान खोेजिएको हो', उनले भने।

यस क्षेत्रमा खानेपानी व्यवस्थापनले स्थानीयवासी, पर्यटकसँगै जनावरलाई पनि पानीको व्यवस्थापन हुनेछ। रासस


प्रकाशित : शुक्रबार, वैशाख ८ २०८००९:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend