शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

सर्वोच्चको फैसला नआउँदै सडक विस्तार गर्न लागेपछि स्थानीयले गरे विरोध

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख ८ २०८०
images
images
सर्वोच्चको फैसला नआउँदै सडक विस्तार गर्न लागेपछि स्थानीयले गरे विरोध

सरकारबाट हालसम्म कुनै किसिमको मुआब्जा र सुविधा नपाएको स्थानीयले जनाएका छन्।

images
images

बलेवा- सर्वोच्च अदालतको फैसला नआउँदै सडक विस्तार गर्न लागेको जनाउँदै बागलुङ नगरपालिका-१ का स्थानीयले विरोध जनाएका छन्। 

images
images
images

सडक डिभिजन कार्यालय बागलुङलाई निवेदन दिँदै स्थानीयले बागलुङ-१ बांगेचौरदेखि उपल्लाचौर माथिल्लो चोकसम्मको सडकमा सरकारबाट हालसम्म कुनै किसिमको मुआब्जा र सुविधा नपाएको जनाएका छन्। सो विषयमा मुद्दा दायर भएकाले फैसला नआउँदासम्म काम नगर्न नगराउन उनीहरुले माग गरेका हुन्।

images
images

मध्यपहाडी लोकमार्ग मापदण्डसम्बन्धी दबाब समितिले सडक डिभिजन कार्यालय बागलुङलाई पत्र बुझाउँदै प्रशासन र प्रहरी कार्यालयलाई बोधार्थ दिएका छन्। आफूहरु विकास विरोध नभएको र आफ्ना माग सम्बोधनका लागि सर्वोच्च अदालतमा मुद्दा चलिरहेकाले फैसला नआएसम्म काम गर्न नहुने मध्यपहाडी लोकमार्ग मापदण्डसम्बन्धी दबाब समितिका संयोजक केवी रानामगरले बताए।

images
images
images

रामरेखा क्षेत्रका प्रभावित ८९ पीडितले २०७६ चैतमा सर्वोच्च अदालतमा मुद्दा दिएकाले जनताको नैसर्गिक अधिकार र कानूनको बर्खिलाप हुने गरी काम नगर्न नगराउन निवेदन दिएको उनले जानकारी दिए। सडक डिभिजन कार्यालय बागलुङले बांगेचौरदेखि बागलुङ-१ को कार्यालयसम्म सडक साँघुरो र दुर्घटनाको दृष्टिकोणले जोखिमयुक्त रहेकाले मर्मत गर्न लागिएको जनाएको छ।

सडकको विशेष मर्मत कार्यका लागि टेवा पर्खाल तथा नाली निर्माणका लागि अतिआवश्यक भएकाले बांगेचौरदेखि बागलुङ नगरपालिका-१ को कार्यालयसम्म मात्र सडक मर्मत गर्न लागिएको डिभिजनको स्पष्ट पारेको छ। रासस 


प्रकाशित : शुक्रबार, वैशाख ८ २०८००८:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend