मंगलबार, वैशाख २३ गते २०८२    
मंगलबार, वैशाख २३ २०८२
images
images

बन्द भएको १० घण्टापछि पुनः खुल्यो लाइसेन्सको फारम

images
बिहीबार , कात्तिक ११ २०७८
images
बन्द भएको १० घण्टापछि पुनः खुल्यो लाइसेन्सको फारम

तत्काललाई समस्या समाधान भएको र पुनः समस्या आउनु नदिन विभागको प्राविधिक टोली दिनरात लागि परेको महानिर्देशक घिमिरेले बताए। 

images
images

काठमाडौं- सवारी चालक अनुमतिपत्र (लाइसेन्स) फारम खुलेको छ। अनलाइन फारम प्रणालीमा आएको समस्य समाधान भएपछि बिहीबार बिहानदेखि बन्द भएको फारम खुलेको विभागले जनाएको छ। 

images
images
images

६ महिनापछि गएको सोमबारदेखि लाइसेन्सको नयाँ फारम खुलेको थियो। तर बिहीबार बिहान प्रणालीमा समस्या आएको भन्दै विभागले फारम भर्न बन्द गरेको थियो। 

images
images

बिहीबार साँझ समस्या समाधान भएपछि आवेदन पुनः दिन सकिने भएको विभागका महानिर्देश नमराज घिमिरेले बताए। ‘बिहीबार बिहानदेखि समस्या आएको थियो। आइटीको काम निक्कै जटिल हुन्छ,’ उनले भने, ‘विभागको आइटी टिमले दिनभरको प्रयासमा फारम भर्न सकिने बनाएको छ। त्यहीअनुसार बिहीबार साँझबाटै फारम भर्न सकिने भएको छ।’ 

images
images

विभागले सबै प्रकारका सवारीको लाइसेन्सका लागि आवेदन खुला गरेको तीन दिनमै प्रणालीमा प्राविधिक समस्या देखिएको हो। मर्मतका लागि भन्दै बिहीबार दिनभर अनलाइन आवेदन प्रणाली बन्द भएको थियो। 

सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि आवेदन दिएर बसेका अझै साढे ३ लाख बढी लाइनमा छन्। यो संख्या काठमाडौं उपत्यकामा रहेका कार्यालयमा सबैभन्दा बढी छ। उपत्यकामा ४ र उपत्यकाबाहिर १४ वटा यातायात व्यवस्था कार्यालय सवारी चालनक अनुमति पत्र छन्।

तत्काललाई समस्या समाधान भएको र पुनः समस्या आउन नदिन विभागको प्राविधिक टोली दिनरात लागि परेको महानिर्देशक घिमिरेले बताए। 


प्रकाशित : बिहीबार , कात्तिक ११ २०७८१२:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend