शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

स्याङ्जामा डढेलोले खायो ६२ वन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख ८ २०८०
images
images
स्याङ्जामा डढेलोले खायो ६२ वन
फाइल तस्बिर

वनमा आगो लगाउनेलाई बिगो असुल, तीन वर्ष कैद सजाय, ६० हजार रूपैयाँ जरिवाना वा ती सबै सजाय हुने कानूनी व्यवस्था रहेको छ।

images
images

वालिङ- सुक्खायामसँगै यहाँका वनहरुमा डढेलोको जोखिम बढ्दै गएको छ। दिनहुँजसो वनमा आगलागी भइरहेका छन्। जानीजानी वा दुर्घटनावश बुधबारसम्म स्याङ्जाका ६२ वनमा डढेलो लागेको तथ्यांक डिभिजन वन कार्यालयसँग छ।

images
images
images

अहिले सबैभन्दा धेरै आगलागी वालिङ नगरपालिकाभित्रका वनमा लागेको छ। वालिङका २०, पुतलीबजारका १०, भिरकोटका आठ, आँधीखोला/फेदीखोला सब डिभिजनअन्तर्गत आठ, चापाकोटका छ, अर्जुनचौपारिका पाँच, बिरुवा/हरिनासका पाँच, गल्याङ/कालीगण्डकी सब डिभिजनअन्तर्गतका दुई वनमा डढेलो लागिसकेको वन अधिकृत होमबहादुर बल्छौडीले जानकारी दिए। एघार वटा पालिकालाई समेटेर आठवटा सब डिभिजनमार्फत वनको कार्य विभाजन गरिएको छ।

images
images

पुतलीबजार, वालिङ, भिरकोट, चापाकोट नगरपालिका, अर्जुनचौपारी गाउँपालिकामा एक/एक सब डिभिजन रहेका छन्। आँधीखोला र फेदीखोला, बिरुवा र हरिनास, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा संयुक्त गरी एक/एकवटा सब डिभिजन रहेका छन्।

images
images
images

उनका अनुसार सबैभन्दा धेरै पुतलीबजार नगरपालिकाअन्तर्गतका वन क्षेत्र जोखिममा रहेका छन्। कार्यालयले सब डिभिजनअन्तर्गत वन क्षेत्रहरुको जोखिम मूल्यांकन गरी सोहीअनुसार सम्भावित घटना हुन नदिन सचेतना अपनाउँदै आएको छ। पुतलीबजारका कुल २६ वन डढेलोको जोखिममा छन्। वालिङका २५, चापाकोटका २२, भिरकोटका १५, बिरुवा/हरिनासका १२, अर्जुनचौपारिका १०, गल्याङ/कालीगण्डकीका १०, आँधीखोला/फेदीखोलाका आठ गरी कुल एकसय २८ वन जोखिममा परेका छन्। तीमध्ये झण्डै आधा वनमा डढेलो लागिसकेको छ। बैसठ्ठी वटा वनमा डढेलो लाग्दा झण्डै पाँच सय हेक्टर वनमा क्षति पुगेको डिभिजन वन अधिकृत गल्छौडीले बताए।

'डढेलो लाग्न सक्ने सम्भावित जोखिमका वन क्षेत्रहरु पहिचान गरी सरोकारवालाहरुबीच चेतनामूलक कार्यक्रम गरेका थियौँ', उनले भने, 'सतर्कता अपनाउँदा अपनाउँदै पनि डढेलोका कारण वनजंगल, वन्यजन्तु र जडीबुटी साथै पानीका स्रोतहरुमा पनि असर पारेको छ।' डढेलोको सम्भावित जोखिम भएका ठाउँहरुमा समन्वयात्मक कार्यक्रमहरु, डढेलो सप्ताह, अग्निरेखा बनाउने तालिम, आगलागी भइहालेमा रोकथाम र नियन्त्रणका लागि सुरक्षा निकायहरुलाई उपकरणहरु उपलब्ध गराइएको डिभिजन वन अधिकृत गल्छौडीले बताए। वनमा जानीजानी वा दुर्घटनाका कारणले डढेलो लाग्ने गरेको छ। देशैभरि झण्डै ६४ प्रतिशत आगलागी जानीजानी, ३२ प्रतिशत दुर्घटनावश लाग्ने गरेको अध्ययनबाट पुष्टि भएको उनले जानकारी दिए।

वनमा आगो लगाउनेलाई बिगो असुल, तीन वर्ष कैद सजाय, ६० हजार जरिवाना वा ती सबै सजाय हुने कानूनी व्यवस्था रहेको छ। वनको छेउछाउमा रहेका घर तथा खेतबारी भएका मानिसले झारपात पोल्दा पनि आगलागी हुने गरेको छ। जंगली जनावरहरु बाघ, बाँदर, मृग, मुसा, खरायो, दुम्सीलगायत जनावरबाट खेतीबाली जोगाउन पनि आगो लगाउने गरेको देखिन्छ।

खरबारीमा डढेलो लगाएमा नयाँ घाँस राम्रो र बाक्लो पलाउँछ भनेर पनि आगो लगाउँदा नियन्त्रणभन्दा बाहिर गई ठूलो क्षति हुने गरेको छ। वनजंगलमा आगलागी हुँदा बस्तीमा ल्याइएका पानीका पाइपहरु पोलिएर जिल्लाका धेरै बस्तीहरुमा खानेपानीको हाहाकार नै भएको छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख ८ २०८००६:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend