शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

डुम्रे बेँसीसहर सडक : उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख ८ २०८०
images
images
डुम्रे बेँसीसहर सडक : उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द

देउराली डाँडामा सडक मर्मतका लागि आजदेखि एक महिनासम्म लागि दैनिक १२ घण्टा बन्द गरिएको हो। सडक निर्माणअन्तर्गत स्लोप ट्रमिङ र टेवा पर्खाल निर्माण हुने भएको छ।

images
images

लमजुङ- डुम्रे बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१ स्थित उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द गरिएको छ। सो सडकखण्डको देउराली डाँडामा सडक मर्मतका लागि आजदेखि एक महिनासम्म लागि दैनिक १२ घण्टा बन्द गरिएको हो। 

images
images
images

डुम्रे बेँसीसहर चामे सडकका इन्जिनियर पुरुषोत्तम अधिकारीले भने, ‘सडक मर्मत गर्नका लागि आगामी जेठको पहिलो हप्तासम्म सडक बन्द गर्न लागेका छौँ।’ सडक निर्माणअन्तर्गत स्लोप ट्रमिङ र टेवा पर्खाल निर्माण हुने भएको छ।

images
images

सो अवधिमा यात्रुबाहक सवारी साधनलाई उदीपुर रिठ्ठेबगर जोड्ने बाटो हुँदै चण्डीप्रसाद गण डाइभर्सन सडक प्रयोगमा ल्याइनेछ भने मालवाहक सवारी भने उदीपुर बजारमै पूर्ण रुपमा रोक लगाइएको उनको भनाइ छ। 

images
images
images

यहाँ दुई वर्षदेखि निरन्तर पहिराका कारण अस्थायी रुपमा सडक व्यवस्थापन गर्दै आए पनि दैनिकजसो सुक्खा पहिराले पटक पटक सडक अवरुद्ध हुने मात्र नभई ज्यानै जोखिममा रहँदै यात्रुहरु यात्रा गर्न बाध्य हुँदै आएको थियो। उदिपुरमा पहिराले सडक भत्किएसँगै विसं २०७८ भदौदेखि नै यात्रुहरुले सास्ती भोक्दै आएका छन्। सोही पहिराका कारण विभिन्न सवारी साधन दुर्घटनासमेत भएको थियो। 

त्यस्तै, यस सडकखण्ड बन्द हुने भएपछि बेँसीसहर नगरपालिकाले वैकल्पिक सडकको स्तरोन्नति गरेको छ। सोही स्थल नजिकैबाट करिब एक किलोमिटर सडक नगरपालिकाको १० लाख रूपैयाँमा सडक स्तरोन्नति सम्पन्न भएको नगरपालिकाले जनाएको छ। रासस 


प्रकाशित : शुक्रबार, वैशाख ८ २०८००६:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend