सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

त्रिवेणी र विशाल ग्रुपको लगानी रहेको घोराही सिमेन्टलाई प्रिमियम मूल्यमा आईपीओको अनुमति

शिवममा फसेका लगानीकर्ता घोराहीमा के होलान्?  

images
बिहीबार , वैशाख ७ २०८०
images
त्रिवेणी र विशाल ग्रुपको लगानी रहेको घोराही सिमेन्टलाई प्रिमियम मूल्यमा आईपीओको अनुमति
images
images

काठमाडौं- घोराही सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले बैशाख ६ गते कम्पनीलाई अनुमति प्रदान गरेको हो।

images
images
images

त्रिवेणी र बिशाल समूहबाट संयुक्त रुपमा प्रबधृत घोराही सिमेन्ट इन्डस्ट्रिज लिमिटेड, क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोश्रो उद्योगमध्ये पर्दछ। हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्ड अन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्रि वितरण गरिरहेको छ। 

images
images

यससँगै घोराही सिमेन्ट आईपीओ निष्काशन गर्ने दोस्रो सिमेन्ट कम्पनी हुने छ। हाल शिवम सिमेन्ट मात्र आईपीओ निष्काशन गरेर नेप्सेमा सुचिकृत छ। शिवमले सर्वसाधारणलाई प्रति कित्ता ३ सयमा आईपीओ निष्काशन गरेको थियो। घोराहीको मूल्य सोभन्दा बढी हो।

images
images

कम्पनीले उद्योग प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल ७९ लाख ४३ हजार ८ सय १ कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो। जस मध्ये ३ लाख ९७ हजार १ सय ९० कित्ता सेयर उद्योग प्रभावित स्थानीयलाई र ७५ लाख ४६ हजार ६ सय ११ कितात सेयर सर्वसाधारणलाई निष्काशन हुने छ। 

कम्पनीले स्थानीयलाई निष्काशन हुने सेयरको मूल्य प्रति कित्ता ४०० र सर्वसाधारणलाई निष्काशन हुने सेयरको मूल्य प्रति कित्ता ४३५ रुपैयाँ कायम गरेको छ। सेयर निष्काशनको लागि हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ। कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग गर्दै साउन ९ गते बोर्डमा आवेदन दिएको थियो। 

घोराही सिमेन्ट इन्डस्ट्रिज पश्चिम नेपालको सवै भन्दा ठुलो सिमेन्ट उद्योग हो। बिसं २०६४ सालमा दर्ता भई वि.सं २०६९ साल देखि आफ्नै चुनढुंगा खानीमार्फत क्लिंकर उत्पादन गरि व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट इन्डस्ट्रिज लिमिटेड हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रबिधि प्रयोग गरि सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ।


प्रकाशित : बिहीबार , वैशाख ७ २०८०१३:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend