सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

सिटिजन्स बैंक १७ औँ वर्षमा, साढे १५ लाख ग्राहक

images
बिहीबार , वैशाख ७ २०८०
images
सिटिजन्स बैंक १७ औँ वर्षमा, साढे १५ लाख ग्राहक
images
images

काठमाडौं- २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ। यस १६ वर्षको अवधि पार गरिसक्दा बैंकले करिव १५ लाख ५५ हजार ग्रहाक महानुभावहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ। 

images
images
images

सातवटै प्रदेशमा फैलिएको १८२ वटा शाखाहरु मार्फत चालु आर्थिक बर्षको तेस्राे त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिव १ खर्व ६२ अर्व रहेकोमा कर्जा तर्फ  १ खर्व  ४३ अर्व रहेको छ र यसै अवधिमा करिव १ अर्व २४ करोड  खुद मुनाफा गर्न सफल भएको छ। 

images
images

बैंकले १६औं बार्षिकोत्सवको अवसरमा बैशाख ७ गते बिहानै सातवटै प्रदेशमा करिव ९४२ जनाको सहभागितामा प्रभातफेरी कार्यक्रमआयोजना गरेको छ जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ। ‘नेपाल रेडक्रस सोसाईटी’ संगको सहकार्यमा सातवटै प्रदेशका कूल २७ स्थानबाट करिब ७२६ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

images
images

साथै यसै अवसरमा कोशी प्रदेश अन्तर्गत धरान शाखाले विराट मेडिकल कलेजको सहकार्यमा रेलवे चोक धरानमा निःशूल्क स्वास्थ्य शिविर समेत संचालन गरेको छ। शिविरमा करीब १५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथसाथैे आवश्यक औषधीहरु समेत निःशूल्क वितरण गरेको छ।

बैंकले स्थापना काल देखिनै संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक रूपान्तरण तथा सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक  आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति काम गर्ने संघ संस्थाहरुलाई सहयोग गर्दै आइरहेकोमा स्नो याक फाउन्डेशन लाई एक लाख  मात्र आर्थिक सहयोग उपलब्ध गराएको छ। बैंकले आगामी दिनहरुमा अझै उच्चस्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गर्दछ। 

ग्राहक सुविधालाई सदैव केन्द्रविन्दुमा राखेर काम गर्ने क्रममा नेपालका विभिन्न सेवा प्रदायकहरुसँग सहकार्य गर्दै आएको यस बैंकले हालसालै भारतको मेदान्त  मेडिसिटि अस्पतालसँग पनि बैंकका कार्डवाहक ग्राहकमहानूभावहरुलाई अस्पतालको सेवाशुल्कमा १५ प्रतिशत सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ।


प्रकाशित : बिहीबार , वैशाख ७ २०८०१२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend