शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

बढ्दै सिमेन्ट निर्यात, चैतमै पौने १२ करोडको निर्यात

images
शुक्रबार, वैशाख ८ २०८०
images
images
बढ्दै सिमेन्ट निर्यात, चैतमै पौने १२ करोडको निर्यात

चालु आर्थिक वर्षको ९ महिनामा नेपालले ४२ करोड रूपैयाँ बराबरको सिमेन्ट निर्यात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि चैत मसान्तसम्मको तथ्यांकअनुसार नेपालले ४२ करोड २३ लाख रूपैयाँ बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात गरेको हो। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनामा नेपालले ४२ करोड रूपैयाँ बराबरको सिमेन्ट निर्यात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि चैत मसान्तसम्मको तथ्यांकअनुसार नेपालले ४२ करोड २३ लाख रूपैयाँ बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात गरेको हो। 

images
images
images

नौ महिनामा २३ करोड रूपैयाँ बराबरको क्लिङ्कर र १८ करोडरूपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमा निर्यातमा छुटको घोषणा गरेसँगै नेपाली दुई सिमेन्ट उद्योगले नेपाली ब्राण्डका सिमेन्ट भारतमा निर्यात गर्दै आएका छन्। गत असार २४ गतेदेखि पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड र असोज ३१ देखि अर्घाखाँची ब्राण्डको सिमेन्ट भारत निर्यात सुरू भएको हो।

images
images

पाल्पा र अर्घाखाँची सिमेन्टले भारतका विभिन्न सहरमा नेपाली सिमेन्ट निर्यात भइरहेको बताएका छन्। अर्घाखाँची ब्राण्डको सिमेन्ट हाल भारतको उत्तर प्रदेशमा निर्यात भइरहेको छ। पाल्पा सिमेन्टले गत असार २४ गते श्री स्टिलले गत साउन ४ गते तथा अर्घाखाँची सिमन्टले गत असोज ३१ गतेदेखि नेपाली उत्पादन भारत निर्यातको सुरू गरेका हुन्।

images
images
images

सरकारले सिमेन्ट, स्टिललगायत सामान निर्यातमा आठ प्रतिशत अनुदान र वार्षिक दश करोडबढीको विद्युत् खपत गर्ने उद्योगलाई दुईदेखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो। चालु आर्थिक वर्षको बजेटमार्फत सो व्यवस्था गरेको थियो। त्यसका लागि कार्यविधि पनि बनिसकेको छ।

सिमेन्ट उत्पादक संघले सरकारले सिमेन्ट निर्यातमा छुटको घोषणा गरेपछि भारतको विभिन्न सहरमा निर्यात सुरू भएको छ। सिमेन्ट उत्पादक संघको तथ्यांकअनुसार नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन्। तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन्। यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै दुई करोड २० लाख टन छ।

निर्यात र विद्युत् महसुलमा छुट पाउने भएपछि उद्योगी उत्साहित भएका छन्।

कसरी बढ्दै छ निर्यात

साउनमा ४९ लाख २९ हजार ३३ हजार रुपैयाँ बराबरको ३३ हजार १ सय ५७ टन सिमेन्ट निर्यात भएको थियो। चैतमा आइपुग्दा भने निर्यात भ्यालु बढ्दो छ। चैतसम्मा आइपुग्दा जम्मा ४२ करोड ३१ लाख ८९ हजार रुपैयाँ बराबरको ४ लाख ६४ हजार ३ सय २९ टन सिमेन्ट निर्यात भएको छ।

उद्योग विभागका अनुसार भदौसम्ममा ८९ लाख ६० हजार रुपैयाँ ४२ हजार २ सय १२ टन निर्यात भएको थियो। असोजसम्म पुग्दा २ करोड १५ लाख ७९ हजार  रुपैयाँ बराबरको  ६० हजार ८ सय ४८ टन, कात्तिकसम्ममा ३ करोड ५१ लाख २४ हजार रुपैयाँ बराबरको ६६ हजार १ सय २४ टन र मंसिरमा आइपुग्दा ४ करोड २० लाख ७ हजार रुपैयाँ बराबरको १ लाख ८ हजार ७ सय ८६ टन सिमेन्ट निर्यात भएको थियो।

विभागका अनुसार पुससम्म आइपुग्दा ८ करोड ६२ लाख ८६ हजार रुपैयाँ बराबरको २ लाख ६७ हजार १५ टन र माघ मसान्तसम्ममा १६ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको ३ लाख ४ हजार ६ सय ५२ टन सिमेन्ट निर्यात भएको थियो।

यसैगरी फागुनमा आइपुग्दा ३० करोड ५५ लाख ४४ हजार रुपैयाँ बराबरको ४ लाख ४२ हजार ९ सय ९९ टन र चैतसम्म आइपुग्दा ४२ करोड ३१ लाख ८९ हजार रुपैयाँ  बराबरको ४ लाख ६४ हजार ३ सय २९ टन सिमेन्ट निर्यात भएको छ।


प्रकाशित : शुक्रबार, वैशाख ८ २०८०००:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend