बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

९ महिनामै नयाँ कामका लागि ३ लाख २२ हजार नेपाली विदेशिए

बुधबार, वैशाख ६ २०८०
९ महिनामै नयाँ कामका लागि ३ लाख २२ हजार नेपाली विदेशिए

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/०८० को ९ महिना (साउन-चैत) नयाँ कामका लागि म्यानपावरमार्फत ३ लाख ३३ हजार २ सय ९६ जना विदेशिएका छन्।

यसैगरी विदेशमा गएका र विदामा नेपाल आए पुन: रोजगारीका लागि जानेको संख्या २ लाख ६८ हजार ८ सय ५७ रहेको छ। सम्रगमा ९ महिनाबाट वैदेशिक रोजगकारीका लागि ६ लाख २ हजार १ सय ५३ जना गएका छन्। 

चैतमा मात्रै विदेशिए ६१ हजार

चैत महिनामा मात्रै वैदेशिक रोजगारीका ६१ हजार ४ सय ७८ युवाले नेपाल छोडेका छन्। जसमा म्यानपावर मार्फत नयाँ कामका लागि जानेको संख्या २७ हजार ८ सय ५५ जना रहेका छन्। यसैगरी विदामा नेपाल आए पुन: जानेको संख्या २५ हजार ४ सय रहेको छ।

यसअघि फागुनमा ६१ हजार ८ सय ४५ जना नेपाली रोजगारीका लागि विदेशिएका थिए। रोजगारीका लागि युवाको रोजाइमा सबैभन्दा बढी मलेसिया परेको विभागले जनाएको छ।

कुन महिना कति बाहिरिए?

चालु आवको साउनमा साउनमा ६३ हजार ३९ जना नेपाली रोजगारीका लागि विदेशिएका छन्।

विभागका अनुसार भदौमा ७६ हजार ४ सय ३, असोजमा ६२ हजार ७ सय ६, कात्तिकमा ७८ हजार ३ सय ७०, मंसिरमा ६८ हजार ५ सय ६४, पुसमा ६५ हजार ४ सय ६४ जना नेपाली वैदेशिक राेजगारीका लागि बाहिरएका छन्।  

यस्तै माघ महिनामा वैदेशिक रोजगारीका लागि विदेशिनेको संख्या ६४ हजार २ सय ८४ छ। साथै फागुनमा ६१ हजार ८ सय ४५ र चैतमा ६१ हजार ४ सय ७८ जना विदेशिएका छन्।


प्रकाशित : बुधबार, वैशाख ६ २०८०१३:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend