सोमबार, जेठ ७ गते २०८१    
images
images

९ महिनामै नयाँ कामका लागि ३ लाख २२ हजार नेपाली विदेशिए

images
बुधबार, वैशाख ६ २०८०
images
images
९ महिनामै नयाँ कामका लागि ३ लाख २२ हजार नेपाली विदेशिए
images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/०८० को ९ महिना (साउन-चैत) नयाँ कामका लागि म्यानपावरमार्फत ३ लाख ३३ हजार २ सय ९६ जना विदेशिएका छन्।

images
images
images

यसैगरी विदेशमा गएका र विदामा नेपाल आए पुन: रोजगारीका लागि जानेको संख्या २ लाख ६८ हजार ८ सय ५७ रहेको छ। सम्रगमा ९ महिनाबाट वैदेशिक रोजगकारीका लागि ६ लाख २ हजार १ सय ५३ जना गएका छन्। 

images

चैतमा मात्रै विदेशिए ६१ हजार

images
images

चैत महिनामा मात्रै वैदेशिक रोजगारीका ६१ हजार ४ सय ७८ युवाले नेपाल छोडेका छन्। जसमा म्यानपावर मार्फत नयाँ कामका लागि जानेको संख्या २७ हजार ८ सय ५५ जना रहेका छन्। यसैगरी विदामा नेपाल आए पुन: जानेको संख्या २५ हजार ४ सय रहेको छ।

images
images

यसअघि फागुनमा ६१ हजार ८ सय ४५ जना नेपाली रोजगारीका लागि विदेशिएका थिए। रोजगारीका लागि युवाको रोजाइमा सबैभन्दा बढी मलेसिया परेको विभागले जनाएको छ।

कुन महिना कति बाहिरिए?

चालु आवको साउनमा साउनमा ६३ हजार ३९ जना नेपाली रोजगारीका लागि विदेशिएका छन्।

विभागका अनुसार भदौमा ७६ हजार ४ सय ३, असोजमा ६२ हजार ७ सय ६, कात्तिकमा ७८ हजार ३ सय ७०, मंसिरमा ६८ हजार ५ सय ६४, पुसमा ६५ हजार ४ सय ६४ जना नेपाली वैदेशिक राेजगारीका लागि बाहिरएका छन्।  

यस्तै माघ महिनामा वैदेशिक रोजगारीका लागि विदेशिनेको संख्या ६४ हजार २ सय ८४ छ। साथै फागुनमा ६१ हजार ८ सय ४५ र चैतमा ६१ हजार ४ सय ७८ जना विदेशिएका छन्।


प्रकाशित : बुधबार, वैशाख ६ २०८००१:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend