बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिकबिहीन

बुधबार, वैशाख ६ २०८०
स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिकबिहीन

चालु आवमा एक करोड ४२ लाख रुपैयाँ बजेट उपलब्ध भएको उनले बताए। चौधरीले भने, 'स्थानीय तहले  बजेट अभाव भएको भन्दै हाम्रो समस्या सुनवाइ गरेको छैन।'

भजनी- कैलालीको  भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन्। संघीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन सकेका छैनन्।

नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख कैलाश चौधरी स्वास्थ्यकर्मीले तलबभत्ता नपाउँदा दिनहुँ किचलो हुने गरेको बताउँछन्। नगरपालिकाले करार तथा ज्यालादारीमा राखेका कर्मचारीलाई भने पारिश्रमिक उपलब्ध गराएको उनको भनाइ छ। चौधरी भन्छन्, 'चार महिनादेखि बिनातलब काम गर्नुपरेको छ, घरखर्च कसरी चलाउने भन्ने स्थिति छ।'

संघीय सरकारले दुई किस्तामा रकम उपलब्ध गराएको चौधरीले बताए। पहिलो किस्तामा एक करोड ९२ लाख र दोस्रो किस्तामा ४२ लाख रुपैयाँ पठाएको थियो।

चालु आवमा एक करोड ४२ लाख रुपैयाँ बजेट उपलब्ध भएको उनले बताए। चौधरीले भने, 'स्थानीय तहले  बजेट अभाव भएको भन्दै हाम्रो समस्या सुनवाइ गरेको छैन।'

तत्काल नगरपालिकाबाटै भए पनि दुई महिनाको तलब उपलब्ध गराउन स्वास्थ्यकर्मीले माग गरेका छन्। नगरपालिकाका प्रमुख केवल चौधरीले स्वास्थ्यकर्मीको समस्या नगरपालिकाले समाधान गर्न नसक्ने बताए। स्वास्थ्यकर्मीलाई तलव खुवाउने जिम्मा संघीय सरकारको भएको उनको भनाइ छ।
 
'कर्मचारी संघीय सरकारबाट आएका हुन्। उनीहरूको सेवासुविधा संघीय सरकारले नै बेहोर्नुपर्छ', नगरप्रमुख चौधरीले भने, 'हामीले नियुक्त गरेका कर्मचारीको सेवासुविधा रोकेका छैनौँ।' रासस


प्रकाशित : बुधबार, वैशाख ६ २०८००४:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend