बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लोपोन्मुख रेडपान्डाको संरक्षणमा चेतना जगाउन भलिबल प्रतियोगिता

मंगलबार, वैशाख ५ २०८०
लोपोन्मुख रेडपान्डाको संरक्षणमा चेतना जगाउन भलिबल प्रतियोगिता

काठमाडौं- लोपोन्मुख रेडपान्डाको संरक्षणमा जनचेतना जगाउन रसुवाको धुञ्चेमा भलिबल प्रतियोगिता आयोजना गरिएको छ।

अठ्ठाइसौँ वन्यजन्तु सप्ताह एवं ११ औँ रेडपान्डा ट्रफी प्रतियोगिता अन्तर्गत भलिबल खेल आयोजना गरिएको हो। चार दिनसम्म चल्ने उक्त भलिबल खेलको बागमती प्रदेशसभा सदस्य प्रभात तामाङले सोमबार धुञ्चेमा शुभारम्भ गरेका छन्। 

प्रतियोगितामा जिल्लाका दस समूह सहभागी भएको आयोजक संस्था लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले जनाएको छ। ‘समन्वय, सहकार्य र सहअस्तित्व, वन्यजन्तु संरक्षण हाम्रो साझा दायित्व’ भन्ने मूल नाराका साथ यहाँ वन्यजन्तु सप्ताह मनाउन सुरु गरिएको छ।

संरक्षण सूचीमा सूचीकृत भएको रेडपान्डा, कस्तुरी मृग, हिमचितुवा, बँदेल, कालोभालु, आस्मिज बाँदर, नउर, काडे भ्याकुर, डाफेसमेत ३९ भन्दा बढी प्रजातिको वन्यजन्तु एवं पक्षीसमेत संरक्षण गर्न निकुञ्जले उच्च प्राथमिकता दिँदै आएको प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए। वन्यजन्तु संरक्षणमा स्थानीय लाकोस संस्थाले पनि सहयोग गरिराखेको जनाइएको छ।


प्रकाशित : मंगलबार, वैशाख ५ २०८००५:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend