बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सिटिजन्स बैंकद्वारा बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ५ २०८०
सिटिजन्स बैंकद्वारा बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान 

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाल विकास समाजलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

करिब एक दशकदेखि अबोध,अनाथ बालबालिकालाई लालनपालन,स्वास्थ्य उपचार,शिक्षा प्रदान गर्दै आएको उक्त संस्थालाई बैंकले १ लाख ५० हजारको चेक हस्तान्तरण गरेको हो।

एक समारोहका बीच बैंकले उक्त चेक संस्थाका कार्यक्रम इन्चार्ज गोविन्द विश्वकर्मालाई हस्तान्तरण गरेको छ। बाल विकास समाजमा रहेका १०० जना बालबालिकामध्ये १५ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने संस्थाका कार्यक्रम इन्चार्ज विश्वकर्माले बताए। 

बैंकले आफ्नो १६औँ बार्षिकोत्सव बैशाख ७ गते मनाउँदै छ। सोही उपलक्ष्यमा बैंकले आर्थिक सहयोग प्रदान गरेको हो।


प्रकाशित : मंगलबार, वैशाख ५ २०८००८:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend