बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लयमा फर्कंदै वैदेशिक रोजगारी, ३ महिनामा बाहिरिए एक लाखभन्दा बढी

बिहीबार , कात्तिक ११ २०७८
लयमा फर्कंदै वैदेशिक रोजगारी, ३ महिनामा बाहिरिए एक लाखभन्दा बढी

अहिले दैनिक १२ सय सम्म युवा रोजगारीका लागि विदेसिन थालेको उनको भनाइ छ।साउदी अरब र कतारबाट बढी डिमाण्ड आउने थालेको उनको भनाइ छ।

काठमाडौं- कोरोनाका कारण शिथिल बनेको वैदेशिक रोजगारीले लय समात्न थालको छ। पछिल्लो समय नयाँ कामदारको डिमाण्ड कोरोना सुरु हुनुभन्दा अगाडिको भन्दा बढी आउन थालेको वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव सुजित श्रेष्ठ बताउँछन्।

अहिले दैनिक १२ सय सम्म युवा रोजगारीका लागि विदेशिन थालेको उनको भनाइ छ। साउदी अरब र कतारबाट बढी डिमाण्ड आउन थालेको उनको भनाइ छ।

मलेसियाले पनि भर्खरै मात्रै कामदार लैजाने गरी खुला गरेको छ। मलेसियाको डिमाण्ड पनि अब बढ्ने उनको भनाइ छ।

तर व्यवसायीले अहिले सरकारले सेवा शुल्कवापत १० हजार रुपैयाँ लिन पाउने व्यवस्था गरेका पनि साउदी र कतार जाने युवासँग १ लाख ५० हजार रुपैयाँ भन्दा बढी रकम लिने थालेका छन्।

वैदेशिक रोजगार विभागले पनि कामदारको डिमाण्ड बढेको जनाएको छ। विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ३ महिनामा नेपालबाट रोजगारीका लागि १ लाख भन्दा बढी युवा विदेशिएका छन्।

विभागका अनुसार असोज महिनामा मात्रै ३९ हजार ६ सय ७१ युवा रोजगारीका लागि विदेशिएका छन्। असोज महिनामा मात्रै रोजगारीका लागि म्यानपावर मार्फत २६ हजार ९ सय ९१ जना विदेशिएका छन्। यसैगरी विदामा नेपाल आएर पुन: विदेश फर्कनेको संख्या भने असोजमा ११ हजार ८ सय ४७ रहेको छ।

असोज महिनामा नयाँ कामको लागि म्यानपारमार्फत १३ हजार ३ सय ४८ युवा साउदी अरब पुगको छन्। यसैगरी म्यानपावर मार्फत नयाँ कामको लागि कतार ७ हजार ६ सय ८५ र युएई जाने युवाको संख्या ३ हजार ९ सय ५२ रहेको विभागले जनाएको छ।

विभागका अनुसार  चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा मात्रै १ लाख १ हजार १ सय ३९ जना युवा रोजगारीका लागि विदेशिएका छन्। विभागका अनुसार साउनमा २५ हजार ४ सय २८, भदौमा ३६ हजा ४० र असोजमा ३९ हजार ६ सय ७१ जना युवा विदेश पुगको छन्।


प्रकाशित : बिहीबार , कात्तिक ११ २०७८०७:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend