बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नबिल बैंकका सीईओ ढुंगाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख ३ २०८०
नबिल बैंकका सीईओ ढुंगाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित 

काठमाडौं- नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन्। संविधान दिवसको अवसरमा घोषणा गरिएको पदक नयाँ वर्षमा वितरण गरिएको हो।

लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’ सम्मान गरेका हुन्।

राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पुर्‍याउने विदेशी नागरिकलाई यो विभूषण दिइने व्यवस्था छ। 

बैकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव संगालेका ढुंगाना नेपाल बंगलादेश बैंकमा १० वर्ष सीईओ भएका थिए। त्यसअघि उनी नेपाल क्रेडिट एण्ड कमर्स बैंकका महाप्रबन्धक थिए।

राष्ट्र बैंकको निर्देशक पद छाडेर ढुंगाना निजी बैंकमा काम गर्न आएका थिए। भारतको चार्टर्ड एकाउन्टेन्सी गरेका उनले अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन्। 


प्रकाशित : आइतबार, वैशाख ३ २०८०११:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend