बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

१ अर्ब ८१ करोड लगानीमा नयाँ टायल उद्योग खुल्दै, को हुन् सञ्चालक?

आइतबार, वैशाख ३ २०८०
१ अर्ब ८१ करोड लगानीमा नयाँ टायल उद्योग खुल्दै, को हुन् सञ्चालक?

१ अर्ब ८१ करोड रूपैयाँ लगानीमा खुल्न लागेको उद्योगमा २ सय ३७ जनाले रोजगारी पाउनेछन्।

काठमाडौं- नेपालको व्यावसायिक घराना मुरारका समूहले नेपालमा सेरामिक्स काराखाना खोल्ने भएको छ। सेरामिक्स प्लान्ट स्थापनाका लागि उद्योग विभागमा सेराप्रो नेपाल नाममा दर्तासमेत भइसकेको छ।

उद्योग विभागका अनुसार उद्योगमा १ अर्ब ८१ करोड रूपैयाँ लगानी रहने छ। उद्योगमा २ सय ३७ जनाले रोजगारी पाउनेछन्। उद्योगले वार्षिक १ करोड ९५ लाख पिस फ्लोर टायल र ९५ लाख पिस वाल टायल उत्पादन गर्ने गरी उद्योग दर्ता भएको छ।

मुरारका ग्रुपले चर्चित अन्तर्राष्ट्रिय ब्रान्ड सोमानीसँगको साझेदारीमा नेपालमै सेरामिक्स उत्पादन गर्नेगरी उद्योग दर्ता गरेको हो। यसमा मुरारका ग्रुपको बहुमत सेयर रहने छ। 

यो उद्योग एक्लैले नेपाली बजारमा हुने मागको ३३ प्रतिशत भारबहन गर्नसक्ने मुरारका समूहका पशुपति मुरारकाले जानकारी दिए। नेपालमा अहिले भारतबाटै टायल आयात भइरहेको छ। नेपालमै उत्पादन बढाएर आयात प्रतिस्थापनमा पनि सहयोग पुग्ने उनको भनाइ छ। 'बजारमा केही पनि उत्साह नभएको समयमा हामीले यो नयाँ भेन्चर सुरु गर्न लागेका छौँ।यसको प्रतिफल भविष्यमा राम्रै आउनेछ', उनले भने। 

सोमानी सेरामिक्स भारतीय कम्पनी हो। भारतका विभिन्न प्रदेशमा सातवटा प्लान्ट भएको सोमानीले विभिन्न सेरामिक्स उत्पादन गर्दै आइरहेको छ। 


प्रकाशित : आइतबार, वैशाख ३ २०८००८:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend