बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नयाँ वर्षमा बिगमार्टमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट  

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत ३० २०७९
नयाँ वर्षमा बिगमार्टमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट  

स्मार्ट क्यूआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बिगमार्टको सम्पूर्ण शाखाहरुमा क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

काठमाडौं- नयाँ वर्षको अवसरमा बिगमार्टमा क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाइने भएको छ।

विद्युतीय कारोबारलाइ प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य गरी सो सुविधा दिन लागेको हो। ग्राहकहरुले सम्पूर्ण सामान खरिद गरि स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत, अधिकतम १ सय ५० रूपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।

स्मार्ट क्यूआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बिगमार्टको सम्पूर्ण शाखाहरुमा क्यूआर स्क्यान गरी भुक्तानी गर्दा सो छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

यस अफरअन्तर्गत बिगमार्टको सम्पूर्ण शाखामा एनआईसी एसिया मो. बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एभरेष्ट बैंक, हिमालयन बैंक, पेवेल, रेमिट्याप, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइक्यास तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ।


प्रकाशित : बिहीबार , चैत ३० २०७९०९:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend