बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कोरोनाका कारण रोकिएका श्रमिक २० महिनापछि दक्षिण कोरिया जान थाले 

बुधबार, कात्तिक १० २०७८
कोरोनाका कारण रोकिएका श्रमिक २० महिनापछि दक्षिण कोरिया जान थाले 

कोरिया पठाउनु पहिले क्वारेन्टिन बसेका उनीहरूको मंगलबार पीसीआर गरिएको थियो। सबैको रिपोर्ट नेगेटिभ आएपछि कोरिया यात्रा सफल भएको हो। दक्षिण कोरिया गएपछि उनीहरू पनि आफ्नै खर्चमा क्वारेन्टिन बस्नुपर्नेछ। 

काठमाडौं- झण्डै २० महिना रोकिएका दक्षिण कोरिया जाने श्रमिक बुधबारदेखि कोरिया जान सुरु गरेका छन्। सबै तयारी पूरा भइसक्दा पनि कोरोना संक्रमणको कारण रोकिएका मध्ये ४८ नेपाली बुधबार साँझ दक्षिण कोरिया प्रस्थान गर्न लागेका हुन्।

उनीहरू बुधबार साँझ सवा ७ बजे कोरियन एयरलाईन्सको के ई ६९६ नम्बरको उडानमार्फत कोरिया जान लागेका हुन्। उनीहरूलाई विमानस्थलमा ईपीएस सेन्टरका प्रमुख किम अनडक र ईपीएस शाखाका निर्देशक सुरेश रावतले बिदाइ गरेका छन्।

कोरिया पठाउनु पहिले क्वारेन्टिन बसेका उनीहरूको मंगलबार पीसीआर गरिएको थियो। सबैको रिपोर्ट नेगेटिभ आएपछि कोरिया यात्रा सफल भएको हो। दक्षिण कोरिया गएपछि उनीहरू पनि आफ्नै खर्चमा क्वारेन्टिन बस्नुपर्नेछ। 

बुधबार कोरिया उड्नेहरू यसअघि नै कोरिया गएर फर्किएका कमिटमेन्ट श्रमिकहरू हुन्। अहिले पहिलो चरणमा उनीहरू गए पनि नयाँ श्रमिक पठाउने प्रक्रिया पनि सुरु हुने ईपीएस शाखाले जनाएको छ। 

यसअघि भाषा पास गरेकाहरू पनि रोजगारी नखुल्दा अलमलमा परेका छन्। तर पहिलो चरणमा कमिटमेन्टलाई पठाएर मात्रै नयाँ श्रमिक पठाउने कोरियन पक्षसँग सहमति भएको छ।

अब सिधा हवाई उडानमार्फत श्रमिक दक्षिण कोरिया पुग्नेछन्। यसअघि ट्रान्जिट उडानबाट जाने गरेका थिए। त्यसरी कोरोना संक्रमणको जोखिम हुने भएकाले कोरियाले सिधै उडानमार्फत पठाउनुपर्ने सर्त राखेको थियो। त्यसैअनुसार श्रमिकहरू जाँदैछन्। 


प्रकाशित : बुधबार, कात्तिक १० २०७८१२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend