बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २८ २०७९
नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर

काठमाडौं- नेपाल टेलिकमले चैत २९ गतेदेखि ३ महिनाको लागि स्प्रिङ अफर सार्वजनिक गरेको छ। 

स्प्रिङ अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाइएको छ। डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक ८ हजारमा उपलब्ध हुने टेलिकमले जनाएको छ। 

पहिले देखि नै एफटीटीएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकलाई भने यो प्याकेज वार्षिक ६ हजार रूपैयाँमा उपलब्ध गराइने टेलिकमले जनाएको छ। साथै, कम्पनीले एक वर्षे प्याकेज तथा आईपीटीभी कम्बो प्याकेजमा हाल उपलब्ध गराइरहेको २५ एमबीपीएस स्पिडलाई बढाएर ३० एमबीपीएस बनाइएको छ।

त्यसैगरी एनटीटीभीसहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२ हजार रूपैयाँमा २० एमबीपीएसको इन्टरनेट, तीन हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइने छ।  

यसबाहेक विगतका विभिन्न प्रकारका भ्वाइस प्याक, डाटा प्याक, कम्बो प्याक, एसएमएस प्याक, सीयूजी प्याक, पोस्टपेड प्याक लगायतका अन्य प्याकलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ। टेलिकमका अनुसार सजिलो अनलिमिटेड प्रिपेड प्याकेजमा दैनिक रुपमा प्राप्त डाटा खपत भएपश्चातको डाटा थ्रोटलिंग गतिमा बढोत्तरी गरिएको छ।

प्याकेजमा प्राप्त दैनिक प्रयोगका लागि उपलब्ध डाटा सेवाको खपतपश्चात उति नै स्पिडको सेवा प्रयोग गर्नुपरेमा *१४४२# डायल गरी सुलभ दरको एड अन प्याक पनि प्राप्त गर्न सकिन्छ।

स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५*१# डायल गर्नुपर्ने छ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न टेलिकमका प्रवक्ता शोभन अधिकारी बताए।                                                                             


प्रकाशित : मंगलबार, चैत २८ २०७९१२:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend