बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सेवा चुस्त बनाउन टेलिकमलाई प्राधिकरणको निर्देशन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २८ २०७९
सेवा चुस्त बनाउन टेलिकमलाई प्राधिकरणको निर्देशन

स्मार्ट टेलिकमका सेवा देशका केही स्थानमा नचलेको विषयका सम्बन्धमा प्राधिकरणले सेवा चुस्त बनाउन निर्देशन दिएको हो।

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले सेवालाई चुस्तदुरुस्तरूपमा सञ्चालन गर्न स्मार्ट टेलिकम प्रालिलाई निर्देशन दिएको छ।

स्मार्ट टेलिकमका सेवा देशका केही स्थानमा नचलेको विषयका सम्बन्धमा प्राधिकरणले सूचना जारी गरी उक्त निर्देशन दिएको हो। अत्यावश्यक सेवाका रूपमा रहेको दूरसञ्चार सेवाको अनुमति बहाल रहँदासम्म सेवाग्राहीले बिनाकुनै अवरोध सेवा उपभोग गर्न पाउने गरी सेवा चुस्तदुरुस्तरूपमा सञ्चालन गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

सेवा अतिआवश्यकरूपमा वर्गीकरण गरिएकाले अनुमति बहाल रहँदासम्म नियम-कानूनको पालना गर्दै निरन्तर सञ्चालन गर्नुपर्ने दायित्व रहने प्राधिकरणले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, चैत २८ २०७९०५:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend