बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

किंग्स् कलेजले ‘कम्युनिभर्सिटी समर प्रोग्राम’ सञ्चालन गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २७ २०७९
किंग्स् कलेजले ‘कम्युनिभर्सिटी समर प्रोग्राम’ सञ्चालन गर्ने

काठमाडौं- किंग्स् कलेजले ‘कम्युनिभर्सिटी समर प्रोग्राम’ सञ्चालन गर्ने भएको छ।

कलेजले शैक्षिक संस्था, उद्योग र समुदायलाई विद्यार्थीहरूको सिकाइमा जोड्ने उद्देश्यका साथ कलेजले आगामी वर्षको असार ४ देखि नौ हप्तासम्म काभ्रेस्थित पाँचखाल नगरपालिकामा सो कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो।  

समुदाय आफैमा एउटा महत्वपूर्ण पाठ्यक्रम हो भन्ने अवधारणामा आधारित रहेर सञ्चालन गर्न लागेको यस शैक्षिक कार्यक्रममा कक्षा १२, ए लेभल्स् तथा सो सरहका परीक्षा दिएका विद्यार्थीहरू सहभागी हुन पाउने कलेजले बताएको छ।

साथै यस कार्यक्रमका दिक्षितहरूले प्राप्त गर्ने क्रेडिटलाई किंग्स् कलेज, संयुक्त राज्य अमेरिकास्थित वेस्टक्लिफ युनिभर्सिटी र फिनल्यान्डस्थित कायानी युनिभर्सिटी अफ एप्लाइड साइन्सले अनुमोदित गर्ने कलेजले जनाएको छ।   
 
'समुदायमा असंख्य ज्ञान, शिप, प्रविधिका साथसाथै अनेकन कथा र अनुभव हुन्छन्,' कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालले कार्यक्रमबारे भने, 'शिक्षण संस्था एक्लैले जीवन र जगतका बहुआयामिक पक्षहरू सिकाउन सम्भव छैन। जसको कारण समुदाय र शैक्षिक संस्थाहरुको सहकार्य महत्वपूर्ण रहन्छ।'

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले यस कार्यक्रमले शिक्षामा आमुल परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।  
शिक्षालाई जीवन, समुदाय  र सिपसँग जोड्नुपर्ने आवश्यकता औल्याउँदै उनी भन्छन्, 'शैक्षिक हबको रूपमा अगाडि बढेको पाँचखाल नगरपालिकासँगको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमप्रति हामी उत्साहित छौँ।'


प्रकाशित : सोमबार, चैत २७ २०७९०८:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend