बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनआईसीका ग्राहकलाई बर्फी स्वीट्समा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २६ २०७९
एनआईसीका ग्राहकलाई बर्फी स्वीट्समा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट

काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकहरूले काठमाडौंको न्यूरोडस्थित केसर स्वीट्स अन्तर्गतको बर्फी स्वीट्समा डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। 

बैंक र स्वीट्सबीच छुटसम्बन्धी समझदारी भएसँगै बैंकका ग्राहकहरुले बर्फी स्वीट्स विभिन्न परिकारहरु खरिदका क्रममा डिजिटल माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका हुन्। 

समझदारीपत्रमा यस बैंकको तर्फबाट लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र बर्फी स्वीट्सको तर्फबाट सह-संस्थापक प्रिया तयालले हस्ताक्षर गरे। योसँगै एनआईसीमा खाता सञ्चालन गरी मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकहरूले सो सुविधा प्राप्त गर्न सक्नेछन्। 


प्रकाशित : आइतबार, चैत २६ २०७९११:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend