बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

इसेवा मनि ट्रान्सफरले गर्यो सहयोग हस्तान्तरण

आइतबार, चैत २६ २०७९
इसेवा मनि ट्रान्सफरले गर्यो सहयोग हस्तान्तरण

कम्पनीले लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा सञ्चालित सामाजिक उत्तरदायित्वको पहलमा लक्ष्मी केएर्सलाई शनिबार आयोजित कार्यक्रममा आर्थिक सहयोग पनि गरेको छ।

काठमाडौं- इसेवा मनि ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत भोरपुरको भोजपुर बहुमुखी क्याम्पस र लक्ष्मी केयर्सलाई सहयोग हस्तान्तरण गरेको छ। 

कम्पनीले डिजिटल साक्षरताका लागि एक कार्यक्रमका बिच शुक्रबार इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले संस्थाका अध्यक्ष प्रमेश केसी र महासचिव संकेत कोइरालालाई सीजी ६५ इन्चको एन्ड्रोइड टिभी र स्टेशनरी सामानहरू हस्तान्तरण गरेका हुन्।  

साथै कम्पनीले लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा सञ्चालित सामाजिक उत्तरदायित्वको पहलमा लक्ष्मी केएर्सलाई शनिबार आयोजित कार्यक्रममा आर्थिक सहयोग पनि गरेको छ। स्थापनाको छोटो समयमै तीव्र गतिमा बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ। 

इसेवा मनि ट्रान्सफरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख १२ हजारभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो। 


प्रकाशित : आइतबार, चैत २६ २०७९०९:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend