शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

एकसातामै पौने ४ अर्बमा ५ करोड २० लाख किलो रासायनिक मल खरिदका लागि ठेक्का सम्झौता, किसानले समयमै मल पाउलान्?

आइतबार, चैत २६ २०७९
एकसातामै पौने ४ अर्बमा ५ करोड २० लाख किलो रासायनिक मल खरिदका लागि ठेक्का सम्झौता, किसानले समयमै मल पाउलान्?

काठमाडौं- सरकारले एक सातामा ५ करोड २० लाख किलो रासायनिक मल खरिदका लागि कम्पनी छनोट गरेको छ। सरकारले कुल ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको रासायनिक मल खरिदका लागि सम्झौता गरेको हो।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिडेट र कृषि सामाग्री केन्द्रले युरिया, पोटास र फास्फेट रासायनिक मल खरिदका लागि ठेक्का सम्झौता गरेको हो।

आइतबार मात्रै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिडेटले २० हजार मेट्रिक टन फास्फेट मल खरिदका लागि कम्पनी छनोट गरेको हो। लिमिडेटले १ करोड ३८ लाख ८४ हजार डलरमा स्वीस सिंगापुर ओभरसिस इन्टरप्राइजेजसँग फास्पेट मल खरिदका लागि सम्झौता गरेको हो। लिमिडेटले १ अर्ब ८४ करोड ३२ लाख रुपैयाँमा मल खरिदका लागि सम्झौता गरेको हो। 

यसैगरी चैत २२ गते बुधबार पनि लिमिडेटले भारतीय कम्पनीसँग २ करोड ७० लाख केजी युरिया मल खरिदको सम्झौता गरेको थियो। साल्ट ट्रेडिङले एक अर्ब ५४ करोड रूपैयाँमा इन्डियन पोटास लिमिडेटसँग उक्त परिमाणबराबरको मल खरिद गर्न लागेको हो। कम्पनीले प्रतिमेट्रिक टन ४ सय ३२ डलरमा लिमिटेडको गोदामसम्म ल्याइदिने छ।  कुल १ करोड १६ लाख ६४ हजार डलरमा २७ हजार मेट्रिक टन युरिया मल खरिदका लागि कम्पनी छनोट भएको हो।

साथै बुधबार नै कृषि सामाग्री केन्द्रले पनि ५ हजार मेट्रिक टन पोटास खरिदका लागि कम्पनी छनोट गरेको थियो।  

केन्द्रले पनि इन्डियन पोटास लिमिटेडसँग नै ३६ करोड ८३ लाख ९१ हजार रूपैयाँमा सो परिमाणबराबरको मल खरिद गर्न लागेको हो।  केन्द्रले प्रतिमेट्रिक टन ५ सय ५८ डलरमा पोटास खरिद गर्न लागेको हो। केन्द्रले कुल २७ लाख ९० हजार डलरमा ५ हजार मेट्रिक टन पोटास खरिद गर्न लागेको हो। 


प्रकाशित : आइतबार, चैत २६ २०७९०२:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend