बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हुन्डाई आयोनिक ६ ले पायो 'वर्ल्ड कार अफ द इयर' अवार्ड

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत २५ २०७९
हुन्डाई आयोनिक ६ ले पायो 'वर्ल्ड कार अफ द इयर' अवार्ड

काठमाडौं- हुन्डाईको विद्युतीय गाडी आयोनिक ६ ले 'वर्ल्ड कार अफ द इयर' सहित तीनवटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ। 

न्युयोर्क अन्तर्राष्ट्रिय अटो शोमा आयोनिक ६ लाई सन् २०२३ को वर्ल्ड कार अफ द इयर घोषित गरिएको हो। 

यस्तै हुन्डाई आयोनिक ले 'वर्ल्ड इलेक्ट्रिक भेहिकल' र 'वर्ल्ड कार डिजाइन अफ द कार'को अवार्ड पनि जितेको छ। 

हरेक वर्ष घोषणा गरिने यो अवार्ड गत वर्ष पनि हुन्डाईको आयोनिक ५ ले जितेको थियो। 

हुन्डाई आयोनिक ६ ८० प्रतिशतसम्म चार्जिङ १८ मिनेटमा हुन्छ। यसले एक पटकको फुलचार्जमा ६०० किलोमिटर रेन्ज दिन्छ।कम्पनीले यसलाई सिगंल मोटर तथा अलह्वील ड्राइभ अप्सनमा ल्याएको छ। नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले यसलाई छिट्टै नेपाल ल्याउने तयारी थालेको जनाएको छ।


प्रकाशित : शनिबार, चैत २५ २०७९०७:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend