बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनआईसीका ग्राहकलाई केसर स्वीट्समा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत २५ २०७९
एनआईसीका ग्राहकलाई केसर स्वीट्समा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट

एनआईसी एसिया बैंकका ग्राहकहरुले काठमाडौंको पशुपति प्लाजामा रहेको केसर स्वीट्समा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।

काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकहरुले काठमाडौंको पशुपति प्लाजामा रहेको केसर स्वीट्स एण्ड फुड्समा डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। 

बैंक र स्वीट्सबीच भएको साेसम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट लाइफ स्टाइल बैंकिङ यूनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केसर स्वीट्स एण्ड फुड्सको तर्फबाट सह-संस्थापक प्रिया तयालज्यूले हस्ताक्षर गरे। 

उक्त समझदारीअनुसार एनआईसीमा खाता सञ्चालन गरी मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहक एवं बैंकका कर्मचारीहरूले केसर स्वीट्समा विभिन्न मिष्ठान्न परिकारहरु खरिद गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।


प्रकाशित : शनिबार, चैत २५ २०७९०५:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend