बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चौधरी समूहले किन्यो जीबी फुड्स रसियाको स्वामित्व, युरोपियन बजारमा पनि वाईवाई विस्तार हुने 

बुधबार, कात्तिक १० २०७८
चौधरी समूहले किन्यो जीबी फुड्स रसियाको स्वामित्व, युरोपियन बजारमा पनि वाईवाई विस्तार हुने 

सिजी ग्लोबल कर्पले  यो कम्पनीको स्वामित्व लिएको जानकारी दिएको छ। 

काठमाडौं- नेपालको व्यावसायिक घराना चौधरी समूह अन्तर्गतको सीजी फुड्सले रसियाको गालिना बालान्का (जीबी फुड्स) कम्पनी किनेको छ। 

चर्चित चाउचाउ ब्रान्ड वाईवाई उत्पादन गर्दै आएको सिजी फुड्सले गालिना बालान्का रसिया तथा सीआईएस (कमनवेल्थ अफ इन्डिपेन्डेन्टस स्टेट) लाई किनेको हो। 

सिजी ग्लोबल कर्पले  यो कम्पनीको स्वामित्व लिएको जानकारी दिएको छ। 

जीबी फुड्सको रसियामा रहेको उक्त कम्पनी खरिद बिक्रीको सम्झौता भएको सिजी फुड्सले जानकारी दिएको छ। जीबी फुड्स स्पेनिस ब्रान्ड हो। यसको रसिया तथा सीआइएस क्षेत्रको स्वामित्व सीजीले किनेको बताइएको छ। 

'जीबी फुड्को रसिया/सीआईएस को ब्यापार स्वामित्व सिजी फुड्समा आएको छ। सीजी कर्प ग्लोबल अन्तर्गत यसको स्वामित्व आएपछि सीजी फुड्सका नाममा कम्पनीको रुपान्तरण हुने विश्वास छ' कम्पनीले भनेको छ। 

जीबी फुड्सको रसियासँगै अर्मेनिया, अजैरबैजान, बेलारुस, काजगस्तान, क्योरोस्तान, मोल्डाभा, ताजकस्तान, उज्वेकस्तानको व्यापार स्वामित्व सीजी फुड्स अन्तर्गत आएको छ। 

यो स्वामित्वसँगै चौधरी समूहको युरोपियन बजारमा बलियो उपस्थिति हुने भएको छ। 

चौधरी समूहका अध्यक्ष विनोद चौधरीले वाईवाईलाई विश्व ब्रान्ड बनाउने अभियानमा एउटा इटा थपिएको बताएका छन्।  खरिदपछि उनले प्रतिक्रिया दिँदै उनले भनेका छन् 'वाईवाईलाई विश्वव्यापी ब्रान्ड बनाउने मेरो सँधै सपना हो र यो सपना वास्तविकतामा परिणत भएकोमा म खुसी छु। यो सम्झौताले हाम्रो विश्व यात्रामा सहयोग गर्नेमा म विश्वस्त छु।'

सीजीले हाल नेपालसँगै भारत, सर्बिया, बंगलादेश र काजकस्तानमा वाईवाई उत्पादन गरिरहेको छ। 


प्रकाशित : बुधबार, कात्तिक १० २०७८०५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend