बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ग्रोथएक्स एभरेष्ट एक्सेलेटरमा छानिए १० स्टार्टअप, तीन महिनासम्म मेन्टरसिपसहित बजार पहुँचका लागि भारत जान पाउने 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २३ २०७९
ग्रोथएक्स एभरेष्ट एक्सेलेटरमा छानिए १० स्टार्टअप, तीन महिनासम्म मेन्टरसिपसहित बजार पहुँचका लागि भारत जान पाउने 

काठमाडौं- नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअपहरू र एसएमईहरूका लागि ग्रोथएक्स एभरेष्ट एक्सेलेटर कार्यक्रम सुरु गरेका छन्। 

स्टार्टअपहरुलाई प्रोत्साहन एवं प्रवर्द्धन गर्न यस कार्यक्रमअन्तर्गत सुरुमा १० वटा स्टार्टअप कम्पनी छानिएका छन्। छानिएका १० स्टार्टअपहरुमा फोकसवान पेमेन्ट सोलुसन्स, राईट टिम्स, खेती मेन्चर्स, वाइज्याक सोलुसन्स्, इन्ग्रेल्स, डक्टर्स अन कल, बिहेनेपाल, कारखाना, डेलिस डाइरिज, सेभेन मल्टी ट्रेडिङ रहेका छन्।

छानिएका स्टार्टअप कम्पनीहरुलाई ग्रोथएक्स एभरेष्ट एक्सेलेटरमार्फत आगामी तीन महिनासम्म मेन्टरसिप, बजार पहुँचका लागि भारत भ्रमण, लगानीकर्ता तथा कर्पोरेट सम्बन्ध विस्तारमा सहजीकरण प्रदान हुनेछ ।  

४ वटा संस्था मिलेर स्थापना भएको एक्सेलेटर कार्यक्रमको उद्देश्य नेपालमा प्राविधिक उद्यमशीलताको नेतृत्वमा आर्थिक विकास ल्याउने रहेको छ। जसले डिजिटल अर्थतन्त्र, स्थानीय ज्ञानमा आधारित रोजगारी, प्रतिभा पलायन रोक्न, निर्यात बढाउन र वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्न योगदान पुर्‍याउने छ।  

ग्रोथएक्स एभरेष्ट एक हाइब्रिड संरचित एक्सेलेटर कार्यक्रम हो। यसमा नेपालका उच्च प्रविधि र उच्च सम्भावित प्राविधिक स्टार्अपहरूलाई स्केलिंगअप, विश्वव्यापी विस्तार र कोष संकलनमा सक्षम पार्नेछ। उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको साझेदारीमा टिम भेन्चर्स, स्टार्टअप रिसोले संयुक्त रूपमा स्थापना गरेको कार्यक्रममा नेपालबाट आफ्ना उद्यम सञ्चालन गर्ने संस्थापकहरूलाई सहभागी गराइनेछ।

यसले नेपाली स्टार्टअपहरुलाई अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त उद्योगीहरु, डोमेन विशेषज्ञहरू, सफल संस्थापकहरू, र लगानीकर्ताहरूबाट सल्लाह प्राप्त हुनेछ र नयाँ उद्योग स्थापना तथा अन्तर्राष्ट्रिय नेटवर्कका लागि मद्दत गर्नेछ। यसले नेपालमा एक सम्पन्न प्राविधिक स्टार्टअप इकोसिस्टम निर्माण गर्न मद्दत पुग्ने हाम्रो विश्वास छ।  


प्रकाशित : बिहीबार , चैत २३ २०७९०९:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend