बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आइएमई पेबाट यी चार एयरलाइन्सका रिफन्डेबल टिकट काट्न मिल्ने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २३ २०७९
आइएमई पेबाट यी चार एयरलाइन्सका रिफन्डेबल टिकट काट्न मिल्ने

आइएमई पेमार्फत श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयरलाइन्स र यती एयरलाइन्सका टिकटहरु अब ग्राहकहरुले सजिलै रिफन्डेबल टिकटमा रूपान्तरण गर्न सक्ने कम्पनीले जनाएको छ।

काठमाडौं- आइएमई पेबाट अब विभिन्न एयरलाइन्सका रिफन्डेबल टिकट काट्न मिल्ने भएको छ।

आइएमई पेल्याएको रिफन्डेबल एयरलाइन्स टिकट फिचरअन्तर्गत अब ग्राहकहरुले विभिन्न राष्ट्रिय उडानको टिकटलाई रिफन्डेबल टिकटमा परिवर्तन गर्न सक्नेछन्।

आइएमई पेमार्फत श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयरलाइन्स र यती एयरलाइन्सका टिकटहरु अब ग्राहकहरुले सजिलै रिफन्डेबल टिकटमा रूपान्तरण गर्न सक्ने कम्पनीले जनाएको छ।

ग्राहकहरुले आइएमई पेबाट सुपथ मुल्यमा उच्चतम क्यासब्याकका साथ एयरलाइन्स टिकट प्राप्त गर्नको साथै रिफन्डेबल टिकटको फिचर प्रयोग गरी अत्यावश्यक समयमा टिकटको पूर्ण मूल्य रिफन्ड पनि पाउन सक्नेछन्। 

प्रकाशित : बिहीबार , चैत २३ २०७९०९:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend