आइतबार, जेठ ६ गते २०८१    
images
images

पूर्वक्रिकेटर पारस लुनियाले सवा ३ अर्बको लगानीमा टायल उद्योग ल्याउँदै

images
बिहीबार , चैत २३ २०७९
images
images
पूर्वक्रिकेटर पारस लुनियाले सवा ३ अर्बको लगानीमा टायल उद्योग ल्याउँदै
images
images

काठमाडौं- पूर्वक्रिकेटर तथा उद्योग संगठन मोरङका सदस्य पारस लुनियाले टायल उद्योग सञ्चालनमा ल्याउने भएका छन्। लुनियाले ३ अर्ब २८ करोड ७९ लाख ७६ हजार रूपैयाँ लगानीमा टायल उद्योग सञ्चालनमा ल्याउन लागेका हुन्।

images
images
images

लुनियाले सुनसरी दुहवी नगरपालिका वडा नम्बर ८ मा उद्योग स्थापना गर्नेगरी काम अगाडि बढाएका छन्। उनले उद्योग सञ्चालनका लागि अरिहन्त इन्फ्रास्ट्रक्चर लिमिटेड उद्योग विभागमा दर्ता गराइसकेका छन्।

images

उद्योगमा ६ सय ८५ जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ। पीजीभीटी, जीभीटी, वाल तथा नानो टाइल उत्पादन गर्नेगरि उद्योग आउन लागेको हो।

images
images

त्यस्तै उद्योगमार्फत जिप्सम बोर्ड तथा पाउडर, स्यानिटरी आइटम र ग्रेनाइट उत्पादन गरिने जनाइएको छ। सम्रगमा उद्योगबाट वार्षिक टायललगायतका २ लाख ८ हजार ८ सय २८ मेट‍्रिकटन सामान उत्पादन हुने दर्ता विवरणमा उल्लेख छ। 

images
images

१९ वर्षमुनिको विश्वकप क्रिकेटमा समेत देशको प्रतिनिधित्व गरिसकेका पूर्वक्रिकेटर लुनिया व्यवसायमा अब्बल रूपमा चिनिएको नाम हो। उनले क्रिकेटमा नै पनि फ्रेन्चाइजी टी-ट्वान्टी लिगहरूमा टिम मालिकका रूपमा लगानी गर्ने गरेका छन्। 


प्रकाशित : बिहीबार , चैत २३ २०७९०७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend