बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुकुटे रिसोर्टका सञ्चालक थापाले सुरू गरे नारायणी रिसोर्ट, पर्यटकका लागि ल्याए थाइल्यान्डको जस्तै ‘जेट स्की’

बुधबार, चैत २२ २०७९
सुकुटे रिसोर्टका सञ्चालक थापाले सुरू गरे नारायणी रिसोर्ट, पर्यटकका लागि ल्याए थाइल्यान्डको जस्तै ‘जेट स्की’

काठमाडौं- सुकुटे रिसोर्टका सञ्चालक महेन्द्र सिंह थापाले तेस्रो रिसोर्ट सञ्चालनमा ल्याएका छन्। थापाले नारायणीतिरमा नारायणी रिसोर्ट सञ्चालनमा ल्याएका हुन्। झन्डै १५ करोड रूपैयाँ लगानी रहेको रिसोर्टमा २१ डिलक्स रुम रहेको सञ्चालक थापाले जानकारी दिए। 

गैंडाकोट नगरपालिका वडा नम्बर ५ कुसुमघाटस्थित नारायणी नदी किनारमा नारायणी बीच एड्भेञ्चर रिसोर्ट प्रालि सञ्चालनमा आएको हो। 

सिन्धुपाल्चोकको चर्चित सुकुटे बिच रिसोर्ट लगत्तै थापाले कुरिनटारमा गोर्खा बिच रिसोर्ट पनि सञ्चालान गरेका थिए। अहिले तेस्रो रिसोर्टका रूपमा गैंडाकोटमा नारायणी रिसोर्ट सञ्चालनमा ल्याइएको सञ्चालक थापाले बताए।

narayani beach (1).jpg

पर्यटकलाई जल पर्यटनको गतिविधिका साथै पानीमा खेलिने खेलमा आकर्षित बनाउँदै पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यसहित रिसोर्ट सञ्चालनमा ल्याइएको थापाले जानकारी दिए। 

पछिल्लो समय जल गतिविधिमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएकोले आफूले गैंडाकोटमा त्यही विषयलाई मध्यनजर गर्दै रिसोर्ट सञ्चालनमा ल्याएको उनले बताए। रिसोर्ट ६ कठ्ठा क्षेत्रफलमा फैलिएको छ। ‘२१ वटा डिलक्स रुम, दुईवटा स्वीमिङ पुल, स्नुकर पुलसमेत रहेको छ,’ थापाले भने।

narayani beach resort (2).jpg
महेन्द्र सिंह थापा

नारायणी तथा निकुञ्जको दृश्यावलोकन गराउन पनि रिसोर्टको अवधारणा रहेको थापाले बताए। हाल रिसोर्टमा साना र ठूला क्षमताको गरी पांँचवटा मोटरबोट संञ्चालनमा ल्याइएका छन्। मोटरबोटबाट देवघाटसम्म पर्यटकहरूलाई घुमाउने गरिएको र भविष्यमा मुग्लिनसम्म जलयात्रा गरिने समेत थापाले जानकारी दिए।

जल पर्यटनमा पर्यटकलाई आकर्षित गर्न अत्याधुनिक प्रविधिको ‘जेट स्की’ मा ध्यान दिइएकोसमेत थापाले बताए। थाइल्याण्डको पटाया सिटी र इन्डोनेशियाको बालीको अनुभूति हुनेगरी आफूले थप जल गतिविधिका प्रविधि भित्र्याउंँदै जाने उनले बताए।

narayani beach (3).jpg

विगतमा ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष समेत रहेका थापा चार दशकभन्दा अघिदेखि पर्यटन क्षेत्रमा सक्रिय छन्। थापाका र्‍याफ्टिङ र ट्रेकिङ कम्पनीसमेत छन्।

उनले  २०५२ सालबाट सुकुटे रिसोर्ट सञ्चालनमा ल्याएका थिए। खासगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समय समयमा सुकुटे रिसोर्टमा जाने गरेका छन्। सोही कारण पनि थापाको रिसोर्ट चर्चित रहेको छ।

narayani beach (2).jpg


प्रकाशित : बुधबार, चैत २२ २०७९०९:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend