बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सिटिजन्स बैंकका कार्डबाहकलाई एलिवेट लाउन्जमा २० प्रतिशतसम्म छुट

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २२ २०७९
सिटिजन्स बैंकका कार्डबाहकलाई एलिवेट लाउन्जमा २० प्रतिशतसम्म छुट

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको न्यूरोडस्थित एलिवेट लाउन्ज एण्ड क्लब प्रालिबीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ। 

सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई एलिवेट लाउन्जमा २० प्रतिशतसम्म छुट दिने समझदारी भएको हो। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ। 

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ।


प्रकाशित : बुधबार, चैत २२ २०७९०५:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend