बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुलभका ग्राहकले फोनपेमार्फत सहजै भुक्तानी गर्न सक्ने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २१ २०७९
सुलभका ग्राहकले फोनपेमार्फत सहजै भुक्तानी गर्न सक्ने

सम्झौतासँगै अब सुलभका ग्राहकले फोनपे नेटवर्कमार्फत सहजै भुक्तानी गर्न सक्नेछन्।

काठमाडौं- फोनपे नेटवर्क लिमिटेड र भुक्तानी सेवा प्रदायक सुलभपे (एनक्यास) वालेटबीच सहकार्य सुरू भएको छ।

सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि फोनपे र सुलभपेबीच भुक्तानी पत्रमा सम्झौता भएको हो।

सम्झौता पत्रमा फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र सुलभपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत समल बुढाथोकीले हस्ताक्षर गरे। अब सुलभका ग्राहकले फोनपे नेटवर्कमार्फत सहजै भुक्तानी गर्न सक्नेछन्।

योसँगै सुलभ पेको एनक्यास पूर्ण स्क्यान भुक्तानी सेवाहरू सुरू गर्ने पहिलो वालेट बनेको छ। यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धि हुने अपेक्षा गरिएको छ।


प्रकाशित : मंगलबार, चैत २१ २०७९११:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend