बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सिटिजन्सका कार्डबाहक ग्राहकलाई दृष्टि आई केयरमा विशेष छुट

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २१ २०७९
सिटिजन्सका कार्डबाहक ग्राहकलाई दृष्टि आई केयरमा विशेष छुट

सिटिजन्सका कार्डबाहक ग्राहकहरुले उक्त दृष्टि आई केयरमा २० रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कलंकीस्थित दृष्टि आई केयर सेन्टरबीच छुटसम्बन्धी सम्झौता भएको छ। 

बैंकका प्रतिनिधि र आई केयरका प्रतिनिधिबीच समझदारीपत्रमा हस्ताक्षर भएसँगै अब सिटिजन्सका कार्डबाहक ग्राहकहरुले उक्त दृष्टि आई केयरमा २० रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

यो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने तथा बैंकको विश्वास छ। साथै यसले नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने पनि बैंकले विश्वास लिएको जनाएको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। 


प्रकाशित : मंगलबार, चैत २१ २०७९०५:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend