आइतबार, जेठ ६ गते २०८१    
images
images

नेपालमै पहिलोपटक अनलाइन गाडी रेन्टको सुविधा प्रदान गर्दै सजिलो रेन्टल 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २० २०७९
images
images
नेपालमै पहिलोपटक अनलाइन गाडी रेन्टको सुविधा प्रदान गर्दै सजिलो रेन्टल 

कम्पनीले नेपालका सातै प्रदेशका प्रमुख सहरहरु पोखरा, चितवन, बुटवल, धनगडी, नेपालगञ्ज, इटहरी, बिर्तामोड र काठमाडौंमा सेवा प्रदान गर्दै आइरहेको छ। विदेशबाट नेपाल फर्किने तयारी गरिरहेकाहरुलाई पनि सेवा दिने कम्पनीले जनाएको छ।

images
images

काठमाडौं- सजिलो रेन्टलले नेपालमै पहिलो पटक अनलाइन गाडी रेन्टको सुविधा प्रदान गर्दै आएको छ।

images
images
images

‘सजिलो रेन्टल’ मोबाइल एप वा वेबसाइटमार्फत ग्राहकहरुले आफूलाई आवश्यक परेको समयमा गाडी भाडामा लिन र सवारी धनीहरुले सजिलै गाडी भाडामा दिन सक्छन्।  

images

सन् २०२१ को जनवरी महिनामा लन्च भएको सजिलो रेन्टल एपले गाडी आवश्यक भएका ग्राहकहरुलाई सफा, स्वच्छ र आरामदायी कार, जीप, हायस, कोस्टर तथा पर्यटकीय बसहरु सजिलो गरी उपलब्ध गराउँदै आएको छ।  

images
images

'परिवार तथा इष्टमित्रसँग कतै घुम्न जानुपर्यो भने गाडी रिजर्भका लागि द्विविधामा परी अलमल्ल हुन्छन्, मानिसहरुले भोग्ने यस्तै समस्या समाधानका लागि सजिलो रेन्टलको विकास गरिएको हो', कम्पनीका संस्थापक दामोदर फुयाँल (प्रज्वल) ले भने।

images
images

सजिलो रेन्टलले नेपालमा बस्ने मानिसहरुलाई मात्रै नभई विदेशबाट नेपाल फर्किने तयारी गरिरहेकाहरुलाई पनि सेवा दिने कम्पनीले जनाएको छ। कम्पनीले नेपालका सातै प्रदेशका प्रमुख सहरहरु पोखरा, चितवन, बुटवल, धनगडी, नेपालगञ्ज, इटहरी, बिर्तामोड र काठमाडौंमा सेवा प्रदान गर्दै आइरहेको छ।

यात्राको क्रममा हुने जोखिम न्यूनीकरणका लागि ग्राहकले रिजर्भ गर्ने गाडीमा अनुभवी ड्राइभर उपलब्ध गराइने कम्पनीले जनाएको छ। ग्राहकले न्यूनतम चार घण्टादेखि १ महिना वा त्योभन्दा बढी समयका लागि आवश्यक परेको कार, स्कर्पियो, हायस वा बस भाडामा लिन सक्छन्। सजिलो रेन्टलमार्फत सवारीधनीले सहज र सरल ढंगबाट आफ्नो आम्दानी बढाउन सक्छन्।

सजिलो रेन्टलका ग्राहकहरुले परम्परागत शैलीमा गाडी मिलाइदिने ब्रोकरलाई अनावश्यक रकम भुक्तानी गर्नु पर्दैन भने वित्तीय पारदर्शीता पनि प्रर्वद्धन गर्ने योजना रहेको व्यवस्थापक जर्नादन गौतमले बताए।

पछिल्लो समय कम्पनीले ‘कारपुल’ को समेत व्यवस्था गरेको छ। कारपुल भनेको गाडी यात्राको साझेदारी हो, जसमा एकभन्दा बढी व्यक्तिले न्यूनतम मूल्यमा यात्रा गर्न पाउछन्। यो अवधारणा नेपालमा कोभिड र नाकाबन्दीको समयमा चलेको थियो।

कारपुल सेवाअन्तर्गत ग्राहकहरुले सजिलै आफ्नो गन्तव्यमा पुग्नका लागि सोही ठाउँमा जाने योजना बनाएका मानिसका बिचमा सम्पर्क गराउँछ। यो फिचर प्रयोग गर्दा यात्रुहरुले कम्पनीलाई कुनै शुल्क बुझाउन पर्दैन। कारपुलको मुख्य फाइदा निरन्तर यात्रा गरिरहने यात्रुहरुलाई हुन्छ। यो सेवा लिँदा यात्रा गरिराख्ने यात्रुले बजारमा गएर गाडी छान्नुपर्ने तथा गाडी समयमा नआउदा पर्ने मानसिक समस्याको सहज समाधान गर्न सक्छ।

सञ्चालनमा आएको १ वर्षमा नै कम्पनीले नेपालभरी करिब २ हजार ५०० गाडीहरुबाट सेवा प्रदान गरिरहेको छ। विश्व प्रविधिमैत्री भइरहँदा सहज तरिकाबाट गाडी भाडामा लिने र दिने प्रवृतिको विकासका लागि सजिलो रेन्टल मोबाइल एप सञ्चालनमा आएको हो। एण्ड्रोइड फोनका प्रयोगकर्ताले गुगल प्ले तथा आइफोनका प्रयोगकर्ताले एप्पलको एप स्टोरबाट सजिलो रेन्टल एप डाउनलोड गरी सेवा सुरु गर्न सकिने कम्पनीले जनाएको छ। 


प्रकाशित : सोमबार, चैत २० २०७९०९:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend