बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

डाबर नेपालले जित्यो नेशनल एचआर एक्सलेन्स अवार्ड

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २० २०७९
डाबर नेपालले जित्यो नेशनल एचआर एक्सलेन्स अवार्ड

अवार्ड विजेताहरुको घोषणा मार्च ३१ मा गरिएको थियो।

काठमाडौं- डाबर नेपालले नेशनल एचआर एक्सलेन्स अवार्ड २०२३ को प्रतिष्ठित पुरस्कार जितेको छ। 

डाबर नेपालले नेपालमा एचआर नीति, अभ्यास र कार्य सम्पादनमा कम्पनीको समग्र उत्कृष्टतालाई मान्यता दिँदै यो अवार्ड प्रदान गरिएको हो। उक्त अवार्ड विजेताहरुको घोषणा मार्च ३१ मा गरिएको थियो।

ग्रोथ सेलर्स, एक स्वतन्त्र एचआर कन्सल्टिङ फर्मद्वारा आयोजित 'एचआर मिट २०२३' को विशेष समारोहमा डाबर नेपाललाई अवार्ड हस्तान्तरण गरिएको थियो। अवार्ड समाराेहमा डाबर नेपालका एचएस बेदी (व्यवसाय प्रमुख), अनिल पुरी (हेड एचआर) र एचआर विभागका अन्य कर्मचारीहरु सहभागी थिए। 


प्रकाशित : सोमबार, चैत २० २०७९०८:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend