बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सिटिजन्स बैंक धनगढी शाखाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २० २०७९
सिटिजन्स बैंक धनगढी शाखाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

शिविरमा करिब ३ सय जनाले निःशुल्क स्वास्थ्य परीक्षण गरेका थिए।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सुदूरपश्चिम प्रदेशअन्तर्गत धनगढी शाखाले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

बैशाख ७ गते हुने बैंकको १६औँ वार्षिकोत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबार कैलालीको गौरीगंगा नगरपालिका वडा नं ५ अण्डैया नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो। 

शिविरमा करिब ३ सय जनाले निःशुल्क स्वास्थ्य परीक्षण गरेका थिए। आवश्यक औषधिहरु समेत निःशुल्क वितरण गरिएको थियो। शिविरमा अत्तरिया अस्पतालका डा.आनन्द पाठक, डा. अनिश कुमार शाह, डा. सीता बम र डा. धनसार जागरीको नेतृत्वमा रहेको टोलीले सुगर, प्रेसरसहित सामान्य स्वास्थ्य जाँच गरेका थिए। 

गाउँगाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्यअनुरुप शिविरको आयोजना गरिएको बैंकले जनाएको छ। निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत यस्ता स्वास्थ्य शिविर प्रदेशका अन्य शाखाहरु मार्फत पनि सञ्चालन गरिने बैंकले जनाएको छ।


प्रकाशित : सोमबार, चैत २० २०७९०८:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend