बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सिटिजन्सका कार्डबाहक ग्राहकलाई जोली फेमिली डेन्टलमा १५ प्रतिशतसम्म छुट

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १९ २०७९
सिटिजन्सका कार्डबाहक ग्राहकलाई जोली फेमिली डेन्टलमा १५ प्रतिशतसम्म छुट

सिटिजन्स बैंकका कार्डबाहकहरुले जोली फेमिली डेन्टल केयरमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको चुच्चेपाटीस्थित जोली फेमिली डेन्टल केयर प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ। 

उक्त समझदारी भएसँगै सिटिजन्स बैंकका कार्डबाहकहरुले जोली फेमिली डेन्टल केयरमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।  
 
बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ।


प्रकाशित : आइतबार, चैत १९ २०७९१२:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend